सत्तारुढ दलका तर्फबाट एमसीसी अध्ययन कार्यदलका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री खनालले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुपचुप रुपमा राखेका एमसीसीसम्बन्धी दस्ताबेज भेटिएको जानकारी दिए । कार्यदलले खोजबिनका क्रममा नौवटा नयाँ दस्तावेज फेला पारेको र त्यसको गहिरो अध्ययनपछि मात्रै निचोडमा पुग्न सकिने उनको भनाइ छ ।
नेता खनालले भने, ‘प्राप्त आठ नौ सय पृष्ठका ती दस्तावेज गहिरो अध्ययन जरुरी छ ।’ उनले प्राप्त दस्तावेजका आधारमा कार्यदलका सदस्यहरुले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत मौखिक जानकारी गराइसकेको भन्दै ती दस्तावेजहरु गम्भीरतापूर्वक अध्ययन नगरिकन निचोडमा पुग्न नसकिने पनि बताए । ‘ती दस्तावेजहरुका बारेमा अध्ययन गर्ने क्रम अहिले जारी छ’ खनालको भनाइ छ ।