• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शहरको मुटुमा रहेको आधारभुत विद्यालयमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरू शौचालय गर्न बाहिर जानुपर्ने बाध्यता


  •    अभियान हाम्रो/ शनिबार, चैत ०३, २०८०  

  • शहरको मुटुमै रहेको राजविराज नगरपालिका–४ स्थित आधारभुत विद्यालय केन्द्र नम्बर ६ मा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरू शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाई प्रभावित हुने गरेको छ ।

    लाखौ बजेट खर्च गरेर सप्तरी जिल्लालाई मधेश प्रदेशको दोस्रो खुल्ला दिसा मुक्त जिल्ला भनेर ०७४ चैत २१ गते घोषणा गरिएको थियो । अझै पनि गाउँघरमा दिसापिसाबको लागि झाडी, जंगल, नदी, पोखरी किनार तिर जानु पर्ने अवस्था छ । दुर्गम तथा विकट बस्तीमा अशिक्षा र सचेतनाको अभावमा खुल्ला दिशापिसाब हुने गरेको छ तर सदरमुकाम राजविराजको केन्द्रमै रहेको विद्यालयमा शौचालय नहुँदा विद्यार्थीहरू खुल्ला दिशापिसाब गर्न बाध्य छन् ।

    कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा १ सय २५ छात्रा र १ सय २७ छात्रा गरी २ सय ५२ जना विद्यार्थी छन् भने ११ जना शिक्षक र १ जना नर्स छन् । विद्यालय शौचालयविहिन हुँदा शौच गर्न समस्या भएको विद्यार्थी र शिक्षकहरू बताउँछन् । शौचालय गर्न बाहिर जानु पर्ने बाध्यताले पढाई छुट्ने गरेको विद्यार्थीहरूले गुनासो गरे । कक्षा ६ की छात्रा अनिषा सरबरियाले दिशापिसाव आएमा कक्षा छोडेर घर जानुपर्ने बाध्यता सुनाउनु भयो । शौचालयको समस्याले गर्दा विद्यालय आउन पनि डर लाग्ने गरेको कक्षा ४ का इश्वरजित यादवले बताउनु भयो । बाध्यताले छात्रहरूले खुल्ला दिशापिसाब गरे पनि छात्रालाई कठिनाइ रहेको छात्राहरूले बताए । “साह्रै अप्ठ्यारो अवस्थामा याचना गरेर नजिकैको मदरसा र छिमेकीको निजी शौचालय प्रयोग गर्नुपर्छ” कक्षा ४ की मनिषा कुमारी साहले बाध्यता सुनाउनु भयो । शौचालयको लागि बाहिर जाँदा कुनै दुर्घटना हुन सक्ने भय लाग्ने गरेको छात्राहरूले बताए ।

    कक्षा ३ का छात्र सुमन कुमार गोस्वामीले पिसाव फेर्न टिनले छेकेर एउटा अस्थायी शौचालयको व्यवस्था गरिए पनि दिसा गर्न समस्या रहेको बताउनु भयो । दिसा च्यापेको बेला छिमेकका धरधनीले शौचालय छिर्न नदिँदा वा आलटाल गर्दा ठूलो समस्या हुने गरेको उहाँले दुखेसो सुनाउनु भयो ।

    विद्यार्थीलाई मात्र समस्या नभई शिक्षकहरूले पनि अप्ठ्यारो खेप्दै आएको विद्यालयका प्रधानाध्यापक शंकर यादवले बताउनु भयो । पिसाव फेर्नका लागि अस्थायी रूपमा व्यवस्था मिलाए पनि दिसा गर्नु परे नजिकैको मदरसामा रहेको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता उहाँले सुनाउनु भयो । विद्यालयको शौचालयलाई स्तरोन्नती गर्न भनेर थालिएको काम अधुरो रहँदा विद्यालय जेठदेखि शौचालय विहिन भएको उहाँले जानकारी दिनुभयो ।

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका पूर्व शिक्षा मन्त्री महेशप्रसाद यादवको क्षेत्र विकास कोष अन्तर्गत शौचालय स्तरोन्नती गर्न थालिए पनि पूर्ण हुन नपाएको प्रधानाध्यापक यादवले बताउनु भयो । चर्पीको समस्या बारे चिन्तित रहेको बताउँदै यादवले बजेट व्यवस्था भएमा चर्पी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँले शौचालय निर्माण कार्यलाई चाँडो पूर्णता दिन सरोकारवालाहरूसँग आग्रह पनि गर्नुभयो ।

    राजविराजको मध्यभागमै रहेको विद्यालयमा समस्या रहेको अवस्थामा सरकार तथा गैरसरकारी निकायको नजर नपुग्ने दुर्गम, विकट बस्तीहरूका विद्यालयहरूको अवस्था झन कष्टकर रहेको स्थानीयवासी बताउँछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.