• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्व. त्रिभुवनपौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान


  •    अभियान हाम्रो / शनिबार, चैत ०३, २०८०  

  • पोखरा,  चैत

    नेपालपत्रकार महासंघ कास्कीले स्व. त्रिभुवनपौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ ।

    गतवर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

    प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिने महासंघ कास्की सचिव माधव बरालले जानकारी दिए ।छनोट समितिले सिफारिस गरेको दुबै जनाको नाम महासंघ कास्कीको शुक्रबार बसेको बैठकले अनुमोदन गरेको हो । उनीहरुलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिने उनले बताए । यो सम्मान आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिईन् ।

    यस्तै महासंघ कास्कीको शुक्रबार कै बैठकले पोखरा पत्रकारिता सम्मानका लागि छनोट समितिले सिफारिस गरेको पत्रकार गंगाधर पराजुली र स्व. गजेन्द्र भण्डारीका परिवारको नाम अनुमोदन गरेको छ । पोखरा पत्रकारिता सम्मान २०७९ बाट पत्रकार गंगाधर पराजुली सम्मानित हुने भएका छन् । पत्रकार पराजुलीलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

    साही सम्मान २०८० मा संस्थागत तर्फबाट गजेन्द्र भण्डारीका परिवार अर्पण गरिने भएको छ । नेपालपत्रकार महासंघ कास्कीमा पत्रकार पुरस्कारका लागि सबैभन्दा पहिला अक्षयकोष स्थापना गरिदिने स्व. भण्डारीको परिवार (सरस्वती÷राजु भण्डारी) लाई सम्मानपत्रले सम्मान गरिने महासंघले जानकारी दिएको छ । पोखरा पत्रकारिता सम्मान नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा चैत १६ गते अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.