भारतसँग सीमा जोडिएको परोहा नगरपालिका– ९ खापचोकस्थित शिव मनी ट्रान्सफर लुटिएको छ। मोटरसाइकलमा आएका तीनजना हतियारधारी लुटेराहरूले कर्मचारीलाई गोली प्रहार गरी मनी ट्रान्सफर लुटेका हुन्।
सो कार्यालयमा शुक्रबार दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ। उनीहरूले मनी ट्रान्सफर कर्मचारीलाई धम्क्याउँदै करिब नगद ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन्। लुटपाटका क्रममा सो कार्यालय कार्कयरत र्मचारी नितेश साहलाई बाहिर निकालेर गोली प्रहार गरेका छन्। गोली साहको कानमा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।








