• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नौ बर्षिय बालकको मृत्यु भएपछि दुई दिनदेखि अस्पतालमा सेवा अवरुद्ध


  •    अभियान हाम्रो / बिहिबार, चैत ०१, २०८०  

  • राजपुर गाउँपालिका-१, पटौली नाकाका नौ वर्षीय सुरेश कवरको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१४ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा फागुन ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरू आन्दोलित हुँदा अस्पतालको सेवा दुई दिनदेखि अवरुद्ध भएको छ ।

    अस्पतालको ओपीडी, वहिरङलगायतका सबै सेवा अवरुद्ध भएका छन् । आन्दोलनकारीहरूले अस्पताल घेराउ गरेपछि फागुन ३० गतेदेखि सेवा अवरुद्ध भएको र चैत १ गते बिहानैदेखि प्रहरीले सुरक्षा घेरा बनाएको छ । अस्पतालमा भर्ना भएका बाहेक अरु सेवा ठप्प भएको अस्पताल सञ्चालक बालाराम शर्माले जानकारी दिनुभएको छ ।

     

    टङ्सीलका कारण गाला सुन्निएर उपचारका लागि फागुन ३० गते ओपीडीमा जाँच गर्न पुगेका बालकको गालाबाट पिप तान्ने भन्दै नाक, कान र घाटी विशेषज्ञ डा. आशिष खड्गीले सिरिञ्ज मुखभित्रबाट रोपेको तर पिप नआइ निरन्तर रक्तस्राव भएपछि बालक बेहोस भइ ज्यान गएको मृतकको आमा भिकी कवरले बताउनु भयो । उहाँले सिरिञ्ज निकाल्ने वित्तिकै नाक, मुख र कानबाट रगत बग्न थालेपछि आफूलाई बाहिर पठाइएको बताउनु भयो ।

    अस्पताल प्रशासनले आधारिक रूपमा बोल्न नमाने पनि सिरिञ्ज नसामा परेर अत्यधिक रक्तस्राव भएको र आन्तरिक रक्तस्राव भएकाले फोक्सोमा रगत जम्न गइ बालकको ज्यान गएको अस्पतालकै चिकित्सकले बताए । बालकको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन् ।

    अस्पतालमा जम्मा भएका उनीहरूले अस्पतालका झ्याल, ढोकाका सिसा, गमला तोडफोड गरेका छन् । थप घटना हुन नदिन प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ । आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच चैत १ गते बिहानैदेखि वार्ता भइरहेको र सहमतिका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले बताउनु भयो । उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही हुनुपर्ने मृतकका बुवा तथा राजपुर गाउँपालिका-१ का वडा सदस्य शालिकराम कवरले बताउनु भयो । सहमति नभएपछि बालकको शव फागुन ३० गतेदेखि हस्पिटलमै राखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.