• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जगन्नाथ गाउँपालिका–६ ओबावस्थित स्थानीयहरु एक घण्टा पैदल हिँडेर खोलाको दूषित पानी ल्याएर पिउन बाध्य


  •    अभियान हाम्रो/ बुधबार, फागुन ३०, २०८०  

  • जगन्नाथ गाउँपालिका–६ ओबावस्थित दलितबस्तीमा खानेपानीको अभाव भएको छ । ओबावस्थित दलितबस्तीमा खानेपानीको अभाव भएपछि स्थानीयहरु एक घण्टा पैदल हिँडेर खोलाको दूषित पानी ल्याएर पिउन बाध्य छन् ।

    गाउँमा खानेपानीको अभाव भएपछि यस गाउँका ३५ घरपरिवारले खोलाको दूषित पानी पिउन पर्ने बाध्यता रहेको र खोलाको पानी बोकेर ल्याउन घण्टौँ समय लाग्ने गरेको जगन्नाथ गाउँपालिका–६ ओबावका स्थानीय काशीचन्द्र सार्कीले दुखेसो पोख्नु भयो ।

    उहाँले भन्नु भयो– ‘खोलाको दूषित पानी पिउनु पर्दा गाउँघरमा झाडापखाला र रूघाखोकीका  बिरामी बढ्दै गएका छन् । स्वास्थ्य संस्थामा उपचार गर्न जाँदा सफास्वच्छ पानी पिउनु पर्छ भन्नु हुन्छ । पानीको अभाव भएपछि स्थानीयहरु खोलाको पानी पिउन बाध्य छन् ।’

    गत वर्ष आएको बाढीपहिरोका कारण गाउँमा प्रयोग गरिदै आएका पानीका मुहान पुरिएपछि यहाँका स्थानीयले खोलाको पानी पिउनु परेको हो । खोलाको पानी पिउन बाध्य भएपछि यस गाउँका अधिकांश स्थानीय झाडापखाला, आउँमासी, रुघाखोकीलगायतका बिभिन्न रोगले ग्रसित छन् ।

    केही वर्ष पहिला वडा नम्बर ६ को चौगाड खोलाबाट गाउँमा खानेपानीको तीन ओटा धारा निर्माण गरिएको भए पनि गत वर्ष आएको बाढीपहिरोले ती सबै धारा भत्किएपछि अहिले गाउँमा खानेपानीको समस्या भएको ओबाव गाउँका स्थानीय हिउँकला सार्कीले गुनासो गर्नु भयो ।

    उहाँले भन्नु भयो– ‘गाउँमा खानेपानी नभएकाले यहाँका महिलालाई घरको अन्य काम भन्दा बढि पानी बोक्नकै चिन्ता छ । ज्यान जोखिममा राखेर घण्टौँ हिडेर खोलाको पानी ल्याउनु पर्ने बाध्यता छ ।’

    जिल्लाको दूरदराजका गाउँबस्तीमा अहिले पनि खानेपानीकै समस्या प्रमुख चुनौतीको रुपमा रहेको र यो समस्या समाधान गर्न गाउँपालिकाको बजेटबाट सम्भव नभएकाले बिभिन्न निकायसँग बजेटका लागि पहल गर्दै आइरहेको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताउनु भयो ।

    ओबावबस्ती नजिक खानेपानीको मुहान नभएको र यसबस्तीमा टाँढाबाट खानेपानीका पाइपहरु बिच्छाएर ल्याउनु पर्ने भएकोले बजेट व्यवस्थापन गरिदिन संघीय र प्रदेश सरकारसँग निरन्तर रुपमा अुनरोध गर्दै आएको अध्यक्ष शाहीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.