• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक


  •    अभियान हाम्रो / बुधबार, फागुन ३०, २०८०  

  • पोखरा, ३० फागुन

    जिल्ला समन्वय समिति कास्कीले  जिल्लास्थित  पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को  बित्तिय सुशासन जोखिम मुल्यांकनको (FRA)को नतिजा सार्बजनिक गरेको छ

    सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अन्क प्राप्त गरेको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४ .५ , अन्नपूर्णले ६२,  मादिले   ६०.५र पोखरा महानगर पालिकाले ६० अन्क प्राप्त गरेका छ्न।

    मंगलबार  विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्बजनिक गरिएको जि .स .स. कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।

    प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी प्रतिशत भन्दा माथिको नतिजा  सहित  बित्तिय जोखिमको मध्यम जोखिममा देखिएको उल्लेख्य गर्दै   बित्तिय सुशासनमा अब्बल देखिने  नतिजा अबको लक्ष्य बनाउन आग्रह गर्नुभयो।

    उहाँले सुशासन र समृद्धिको महत्त्वपूर्ण जग बित्तिय सुशासन भएको हुँदा हरेक पालिका चालू आर्थिक बर्षमा  बेरुजुरहित हुन तर्फ ध्यान केन्द्रित गर्न राष्ट्रसेवक कर्मचारी र जन प्रतिनिधिहरू लाग्न आग्रह गर्नुभयो । सुशासन सबैको साझा दायित्व भएको भन्दै पौडेलले बार्षिक कार्ययोजना मुताबिक कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

    उक्त मुल्यांकनमा बित्तिय सुशासन जोखिम मुल्यांकन कार्यबिधी -२०७७ लाई आधार बनाइ  योजना बजेट तथा कार्यक्रम ब्यबस्थापन ,कार्यान्वयन क्षमता तथा ब्यबस्थापन ,लेखान्कन तथा प्रतिबेदन ,अनुगमन मुल्यांकन तथा लेखा परिक्षण र राजश्व ब्यबस्थापनका  बिषय क्षेत्र तोकि कुल ११८ वटा सुचकमा  आधारित भएर १०० पूर्णान्कमा मुल्यांकन गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो।

    शाखा अधिकृत झबिश्वर रेग्मिले काम गराइ र बुझाइमा एकरूपता नहुनु,नतिजाको  प्रभाबकारी कार्यान्वयन र समिक्षा को अभाव ,अभिलेख ब्यबस्थापन प्रभाबकारी हुन नसक्नु,जस्ता बिषय कठिनाईको रूपमा देखिएको उल्लेख गर्नुभयो ।कार्यक्रममा कास्कीका पालिका प्रमुख गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब यमुना प्रधान   ,गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे  ,पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा , कास्कीका पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू , जिल्ला समन्वयका सदस्यहरू सहित संचारकर्मी एबम पत्रकारहरूको उपस्थिति रहेको थियो ।

    जि .स. स .कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेबी बि. क. र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.