तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा दुर्घटनामा परेको छ । मंगलबार राति भएको दुर्घटनाको सबै विवरण खुलेको छैन ।
दुर्घटना भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ । प्रहरी घटनास्थल जाँदै गरेको र फोन सम्पर्क नभएकोले घटनाको विवरण नआएको प्रहरीले जनाएको छ ।








