भक्तपुर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ।
कोरोना संक्रमण हुँदा पनि अध्यक्ष ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा उल्लेख गरिएको छ।संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेकाले ओलीलाई कानूनबमोजिम आवश्यक कारबाही गरिपाऊँ भनी अधिकारीले निवेदनमा भनेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू कोरोना संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भई हुलहुज्जत गरी आफूलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेका उजुरीकर्ता अभिजित अधिकारीले निवेदनमा उल्लेख गरेका छन्।