• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तनहुँमा (कोल्ड स्टोर) नहुँदा कृषकहरु समस्यामा


  •    अभियान हाम्रो / मङ्गलबार, फागुन २९, २०८०  

  • तनहुँमा (कोल्ड स्टोर) नहुँदा कृषकहरु समस्यामा पर्दै आएका छन् । अहिले आलु खन्ने सिजन भएको हुँदा कोल्ड स्टोरको अभावमा कृषकहरु खेतबारीबाट नै सस्तो मुल्यमा आलु बिक्री गर्न बाध्य भएका छन् । कोल्ड स्टोरमा राख्न पाएको भए आलुले उचित मुल्य पाउने र कुहिने समस्या नहुने कृषकहरुले बताएका छन् ।

    व्यास नगरपालिका– ९ स्थित सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु अधिकारीले कोल्ड स्टोर नहुँदा आलु खेतबारीबाट नै बिक्री गर्न बाध्य भएको बताउनु भयो । उहाँले कोल्ड स्टोर भएको भए ढुक्कसँग बिक्री गर्न पाइने र उचित मुल्य पनि पाइने बताउनु भयो ।

    ५० केजी सम्म खरिद गर्नेलाई प्रति केजि ३० रुपियाँ र त्यसभन्दा माथि खरिद गर्दा प्रतिकेजी २६ रुपियाँमा आलु बिक्री गरिएको अधिकारीले बताउनु भयो । जिल्लामा कोल्ड स्टोर नहुँदा केही कृषकहरुले आफ्नो पायक अनु्सार पोखरा, चितवनको नारायणगढ र पाल्पाको रामपुरमा लगेर कृषि उपज राख्ने गरेका छन् ।

    तनहुँमा कुनै पनि स्थानीय तहमा कोल्ड स्टोर सञ्चालन नभएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल लामिछानेले बताउनु भयो । ‘केही पालिकामा कोल्ड स्टोर निर्माणाधिन छ, केहीमा बन्ने सुर छैन’ लामिछानेले भन्नुभयो ‘कोल्ड स्टोर नहुँदा तनहुँका कृषकहरु मारमा परेका छन् ।’ जिल्लामा कोल्ड स्टोर नहुँदा बाहिरी जिल्लामा लगेर राख्नु पर्दा कृषकहरुलाई ढुवानी खर्च र स्टोर भाडा बढि लाग्ने लामिछानेले बताउनु भयो । जिल्ला बाहिरको कोल्ड स्टोरमा कृषि उपज राख्दा कृषि निर्देशनालय गण्डकी प्रदेशले प्रति केजी ५० पैसा छुट अनुदान दिने गरेको लामिछानेले बताउनु भयो ।

    तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद  नगरपालिका र घिरिङ गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत ५० हेक्टर जग्गामा प्रशोधनयोग्य आलु प्रवर्द्धन  कार्यक्रम सञ्चालन गरिएको छ । पाँच कृषि सहकारी र सात कृषक समूह गरि १२ ओटा समूहमा उक्त कार्यक्रम सञ्चालन भएको लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तर्गत यस वर्ष करिब ७ सय मेट्रिक टन आलु उत्पादन भएको छ । त्यस बाहेक पनि कृषक, कृषक समूह र सहकारीहरु मार्फत सयौं मेट्रिक टन आलु उत्पादन हुने लामिछानेले बताउनु भयो ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय सरकारको सहयोगमा म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माणाधिन अवस्थामा रहेको भन्दै आगामी आर्थिक वर्ष बाट कोल्ड स्टोर सञ्चालन गर्न सकिने बताउनु भयो । अहिले कृषकहरुले आफ्ना उत्पादन पोखरामा लगेर राख्नु पर्ने बाध्यता रहेको बताउनु भयो । पोखरामा लैजाँदा लाग्ने सवारी ढुवानी भाडा भने गाउँपालिकाले नै ब्यहोर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

    तनहुँमा आलु बाहेक सुन्तला र अदुवा पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । तर कोल्ड स्टोरको अभावमा कृषकहरुले सस्तो मुल्यमा ति उत्पादनहरु बिक्री गर्न बाध्य हुँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.