एउटा बालकले आफ्नो सानो भाइलाई काखमा बोकेर हनुमानढोका अगाडी चिया पसलमा चिया खाइ रहेका ५४ बर्षिय (डिकु ज्यापू)को नजिक गयो र आफ्नो आँखाको डिल वरिपरि आँसु पार्दै भन्यो: “सर, मेरो कान्छो भाइलाई किनिदिनुहोस् न, मेरो भाई बिक्रीको लागि छ। प्लिज सर हजुरले यसलाई किन्नुहोस् न।”
डिकु ज्यापूले एकछिन उसलाई हेर्यो, बालकको अनुहारमा अचम्मको भाव थियो, त्यसपछि उसले सोध्यो: “तिमी आफ्नो यति सानो भाइलाई किन बेच्न चाहन्छौ?”
गरिब केटाले जवाफ दियो: “हाम्रो बुबा धेरै रक्सी खाएर मर्नुभयो, आमाले हामी दुईलाई पनि छोडेर अर्कैसँग जानुभयो। म यो मेरो भाइको हेरचाह गर्न सक्दिन, म गरिब छु सर मसँग खान नस्नको लागि केही छैन। उसलाई किन्नुहोस् ताकि उसको राम्रो जीवन होस्, त्यसपछि मसँग पनि आफ्नो लागि हेरचाह गर्न र मन्दिर वरिपरि पैसा मागेर आफ्नो पेट भर्न सक्छु।”
डिकु ज्यापु केही सेकेन्डको लागि चुपचाप बस्यो, त्यसपछि उसले भन्यो: “तिमीले आफ्नो भाइलाई कतिमा बेच्छौं?”
उस गरिब केटाले जवाफ दियो: “मलाई एक सय, दिए हुन्छ सर।”
डिकु ज्यापूले भन्यो: “तिमीले आफ्नो भाइ मलाई बेचेपछि उसलाई भेट्न र उसको याद गर्न पाउँदैनौ र कतै अकस्मात् भेट्यौ भने पनि आफ्नो भाइ भनेर चिनाउन पाउने छैनौं? भन के यो कुरामा तिमी मन्जुर छौँ?”
बिचरा गरिब केटाले भावुक हुँदै टाउको हल्लायो र भन्यो:
“मसँग नहुँदा म उसलाई धेरै याद गर्छु। तर म उसको रोमाञ्चक र पूर्ण जीवन होस् भन्ने चाहन्छु। म चाहन्न कि उसले पनि सडकमा भौतारिएर म जसरी नै खानाको लागि भीख मागोस। सर, मलाई थाहा छ कि यदि तपाईंले उसलाई किनेर आफ्नो छोरा बनाउनुभयो भने, तपाईंले उसलाई राम्रो शिक्षा, राम्रो स्वास्थ्य र राम्रो जीवन गुणस्तर दिनुहुनेछ। मैले उसलाई मेरो जीवनमा फेरि कहिल्यै भेट्न नपाए पनि, मैले मेरो मनमा सधैं राखेको हुन्छु कि उसले कहिल्यै दुःख पाउनेछैन र मेरो भाइ धेरै सक्षम हुनेछ। उसको सबै सपनाहरू पूरा गर्नुहोस् सर।”
उस डिकु ज्यापूले एकाएक गरिब केटालाई उसको अनुहारमा घृणित भावमा हेर्यो, हेर्दा ऊ क्रोधित देखिन्थ्यो। उसले आफ्नो मोबाइल उठायो र नम्बर डायल गर्न थाल्यो, त्यसपछि उसले ठुलो स्वरमा भन्यो: “म पुलिसलाई बोलाउँदैछु। तँलाई थाहा छैन र बच्चा बेच्नु अपराध हो भनेर। प्रहरी आउँदैछन् तँलाई पक्राउ गर्न त्यसपछि तेरो बाँकी जीवन जेलमा बित्नेछ।”
बालक अचानक डरले आत्तिन थाल्यो, जेल जान्छु भन्ने सोचले उसको शरीर काप्न थाल्यो…
उस केटोको अनुहारमा डरको भाव देखेर डिकु ज्यापु केही सेकेन्ड हास्यो, त्यसपछि उसको दुबै हात समातेर भन्न थाल्यो;
“जब मैले तिमीलाई आफ्नो बाँकी जीवन जेलमा बिताउने छौ भनेर भने, यसको मतलब तिमी मेरो घरमा सधैंभरि आफ्नो भाइसँग बस्नेछौ। अब तिमीले आफ्नो भाइबाट अलग हुन पर्दैन। मैले पुलिसलाई बोलाको छु भनेर तिमीलाई लाग्यो होला। मैले मेरो श्रीमतीलाई तिमीहरु दुइ दाजुभाइको बारेमा कुरा गर्न फोन गरेको थिए। हामीले तिमी र तिम्रो भाइलाई अपनाउँदै छौँ। खासमा मेरी श्रीमती र मेरो विवाह भएको धेरै वर्ष भैसक्यो, तर हाम्रो अहिलेसम्म कुनै सन्तान छैनन। के तिमीलाई हामी दुइको कारणले मसँग यहाँ भगवानले भेटाइदिनु भएको जस्तो लाग्दैन?
तिमी र तिम्रो भाइलाई आमाबाबुको आवश्यकता छ, जसरी मेरो श्रीमती र मलाई सन्तानको आवश्यकता छ। म धेरै खुसी छु कि मेरो स्वर्गीय बुबाले मेरो कुरा सुन्नुभयो र मेरो ‘तलेजु भवानीले’ प्रार्थनाको जवाफ दिनुभयो, हिड जाउँ हाम्रो घरमा।”
मान्छेको जीवन हरेक प्रकारका चुनौतीहरूले भरिएको हुन्छ। हामी प्रत्यकले सम्भावित समयहरू भोगेका हुन्छौं जब दुःख, पीडा र निराशाले हामीलाई खपत गरेको हुन्छ। यद्यपि परिस्थिति असम्भव देखिए पनि भगवानले तपाईंको भाग्य पूरा गर्नको लागी तपाईंको ईश्वरीय सहयोगी संग जोडिनुहुनेछ। एउटा त्यस्तो सहयोगी भएर जसले तपाईका सबै सपनाहरू वास्तविकतामा साकार पार्न मद्दत गर्नेछन।








