बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने (बेहुला)उमेश शाहले दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमै अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरिएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहेमा बरमाला विधि भइसकेपछि विवाह मण्डपमा साहले सुनको सिक्री नदिएको भन्दै विवाह अस्विकार गरेपछि विवाद चर्किएको थियो । बेहुला पक्षले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विवादास्पद पछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनले पक्राउ गरेकाहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।
नगद रु १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।








