• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय सभा अध्यक्ष नियुक्ति को बिसयमा नेकपा माओवादी केन्द्र भित्र परिवारबादको आरोप , कार्यकर्ताको आक्रोश

"राष्ट्रिय सभा अध्यक्ष नियुक्ति को बिसयमा नेकपा माओवादी केन्द्र भित्र परिवारबादको आरोप , कार्यकर्ताको आक्रोश "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन २८, २०८०  

  • एस पी  रेग्मी

    झापा

    भर्खरै रास्टृयसभा अध्यक्ष नियुक्ति को बिसयमा नेकपा माओवादी केन्द्र भित्र परिवारबादको आरोपमा कार्यकर्ताको आक्रोश छताछुल्ल पोखियो।

    कार्यकर्ताको आक्रोशमा स्पष्ट देख्न सकिन्छ हालका प्रधानमन्त्री प्रचण्ड प्रतीको सिधा प्रहार। गम्भीर रुपले हेर्दा यो सामान्य देखिए पनि यहाँ भित्र थुप्रै रहस्य,संका , घुसपैठ र आक्रोश मिश्रण भएको देखिन्छ। स्वभावतः यो आक्रोसले फाइदा बेफाइदा त पुराउने नै भयो।जब नैतिक धरातल खाली हुन्छ त्यहा प्रतिपक्षी समूहले त टेक्ने नै भयो।अर्काेतिर आन्तरिक पार्टी कमिटी भित्र पनि नैरास्यता,आक्रोश र खबरदारी स्वभावतः हुने नै भयो। हुन पनि अहिलेको घटनाक्रम एउटा उदाहरण बन्यो तर बिगतलाई फर्किने हो भने केन्द्र देखि स्थानीय तह सम्म के यो र यस्ता घटना थिएनन त ? के आज मात्र यसरी पोखियो त आक्रोश ? पक्कै पनि होइन। हिजो पनि माओवादी केन्द्र भित्र टिके प्रथा चलेकै थियो।साम दाम र बर्गियता लाई हेरेर वा कसैको नजिक भएकै भरमा असली कार्यकर्तालाई बाइपास गरेर ओभरटेक गर्दै शक्ति आर्जन गर्ने अस्वस्थ खेल भएकै थियो।

    यस्ता अस्वस्थ खेलमा कयौ घाइते भए कयौले पार्टी परित्याग सम्म गरे। किन यस्तो हुन्छ वा देखिन्छ कारण पत्ता लगाइ निराकरण गर्नु नेतृत्व कार्य र चुनौती दुबै हो। जब एउटा चालकले ट्राफिक रुल लाई बाइपास गर्दै सवारी चलाउछ भने उ दुर्घटना को भागेदार भित्र पर्दछ। त्यसरी नै एउटा पार्टी नेतृत्वले विधि बिधानको रुल मिचेर पार्टी चलाउछ भने त्याहा एक्सिडेन्ट् अवस्य हुन्छ/भयो।

    हिजो त्याग,संघर्ष नारायण दाहालले पनि गरेकै हुन।यसो भन्दै गर्दा के सङ्गठन भित्र अरुको त्याग थिएन ? प्रस्न जन्मन सक्छ जन्मियो। भएकै यहि हो। लेखकले कलम चलाइ रहदा क नारायण दाहालले पाउनु हुदैनथ्यो अर्थ नलागोस।उहाले पनि पाउनु पर्छ।तर प्राप्ति को पनि निश्चितै रुपमा दायरा,सिमान्कन, विधि बिधान त होलानी होइन र ? रेणु दाहाल, जीवन आचार्य, बिना मगर वा आन्य जो कोहिले सार्बजनिक पद धारण गर्नै हुदैन वा पुस्पकमल दाहाल नजिक या नातेदार भएकै कारण पाउनुहुदैन भन्ने सवाल पनि बिधिबिधान सम्बत होइन/ पाउनु पर्छ। तर बिधानमा टेकेर लिएका/ भएका नियुक्ति हरु जो कोहि हुदा फरक पर्दैन।त्यो परिवारबाद होइन। तर जब त्याग संघर्ष गरिरहेको एउटा कार्यकर्तालाई पछिबाट आउने अर्को कार्यकर्ताले अनेकौं तिकडम लगाउदै ओभरटेक गर्दछ भने एक्सिडेन्ट् सभावतह हुन्छ नै अत हामी बिधान रुल फलो गरेर ड्राइभ गरौ यस्ता एक्सिडेन्ट् को सामना गर्नै पर्दैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.