• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जब आफ्नो श्रीमानको शब् रिक्सामा राखी छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन्

"जब आफ्नो श्रीमानको शब् रिक्सामा राखी छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् "

  •     नयाँ पत्रिका/ सोमबार, फागुन २८, २०८०  

  • नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही छैन । पशुपति आर्यघाटनस्थित किरियापुत्री भवनमा बसिरहेकी माइलीसँग बिहान–बेलुका खाने सामग्रीसमेत छैन ।

    भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनले भनिन्, ‘श्रीमान्को मृत्यु भयो । बल्लतल्ल शव दहन गर्‍यौँ । बाँकी संस्कार गर्नैपर्‍यो । किरिया बस्ने ठाउँ बल्लतल्ल मिल्यो । तर, किरिया बस्दा बिहान–बेलुका खाने खानासमेत छैन ।’डेरामा बस्दै आएकी माइली बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो । शव घाटसम्म लैजानै समस्या भयो । उनीहरूले शववाहन बोलाए । केहीबेरमै शववाहन कोठामा आइपुग्यो । तर, आर्यघाटसम्म लैजान चार हजार रुपैयाँ माग्यो । माइलीसँग त्यत्रो पैसा थिएन । शववाहन शव नलिई फर्कियो ।

    शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले । समस्यामा परेकी माइलीले श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखिन् । छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् । दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । केन्द्रका कर्मचारीले चार हजार रुपैयाँ शुल्क मागे । शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन् । बिहान करिब १० बजे शव दहन केन्द्र पुगे पनि पैसा नभएकाले दिनभरजसो रिक्सामै राखिन् ।

    माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए । वैद्य तुरुन्तै घाट पुगे । शुल्क भुक्तानी गरिदिए । माइलीका लागि श्रीमान्को शव जलाउन बाटो बल्ल खुल्यो । विद्युतीय शव दहन केन्द्रमा माइलीले श्रीमान्को दाहसंस्कार गरिन् । तर, किरिया बस्ने कार्यले उनलाई तनाव दियो । डेरामा घरबेटीले अवरोध गर्ने भए । घाटमै बस्दा कोठाको बहाल तिर्नुपर्ने भयो । रनभुल्लमा परेकी उनले पुनः वैद्यलाई सम्पर्क गरिन् । वैद्यले उनलाई किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए । अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्, तर उनलाई बिहान–बेलुका खाने अन्नको अभाव छ ।

          नरोत्तम वैद्य, पूर्वसांसद
    आर्थिक अवस्था नाजुक रहेछ । शव दहन गर्ने हैसियतसमेत रहेनछ । शुल्क तिरिदिएर शव दहन काम भयो । किरिया बस्दा लगाउने कपडा किन्ने रकम दिएँ । पछि थाहा भयो, किरिया बस्दा बस्ने कोठा भाडामा लिनसमेत पैसा रहेनछ । त्यो पनि मैले व्यवस्था गरिदिएँ । तर, उनलाई बिहान–बेलुका खाने अन्नको समस्या छ  साभार  नयापत्रिका  ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.