तनहुँ
मोबाइल चलाउन नपाएको झोकमा तनहुँमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका हुन् ।
उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








