• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले घरवारविहीन नागरिकलाई पहिलो किस्तामा ढिलासुस्ती


  •    अभियान हाम्रो/ आइतबार, फागुन २७, २०८०  

  • गत कात्तिक १७ गते मध्यरात जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले घरवारविहीन नागरिकले १ सय ३० दिन वित्दा पहिलो किस्ता रकम अझै पाउन सकेका छैनन् । ढिलासुस्तीका कारण ५ हजार ६ सय ६९ जना लाभग्राहीले पहिलो किस्ता रकम लिन मुस्किल भएको छ ।

    स्थानीय तहको ढिला सुस्तीका कारण सरकारले अस्थायी आवास निर्माणका लागी पठाएको रकम वितरण नगर्दा खातामै थन्किएको हो । भुकम्पले घरवारविहीन नागरिकलाई अस्थायी आवासमा तत्काल सार्न सरकारबाट प्राप्त रकम वितरण प्रव्रिmयामा स्थानीय तहको ढिला सुस्तीका कारण भूकम्प पीडित विचल्लीमा परेका छन् ।

    अस्थायी आवासको रकम पाउन महिनौ कुर्नु पर्यो  । पुननिर्माणको रकम कहिले पाईएला र भत्किएका घर बनाउनलाई सरकारलको धेरै ढिलासुस्ती गरेको भेरी नगरपालिका–३ का किरणकुमार भण्डारीले गुनासो गर्न‘भयो ।

    त्रिपाल र टेन्टमुनि बस्दै आएका भूकम्प पीडित चिसो थेक्न नसकेपछि चर्किएका घरमा सर्न थालेपनि सरकारको निगरानी स्थानीय तहको वितरण प्रव्रिmया कछुवा गति हुँदा भूकम्प पीडितलाई समस्या भएको छन् । ४२ हजार ५ सय २४ लाभग्रागीका अस्थायी आवास निर्माणका लागी जिल्ला विपद व्यवस्थापन समितिको कोषमा पठाएको १ अर्व ३ करोड ४१ लाख ७५ हजार मध्ये सात ओटा पालिकाले ३६ हजार ८ सय ५५ लाभग्राहीलाई ९२ करोड १३ लाख ७५ हजार पहिलो किस्ता २५ हजारको दरले वितरण गरेका छन् । फागुन महिला वित्न लाग्दा समेत ५ हजार ६ सय ६९ जना लाभग्राहीले पहिलो किस्ता रकम पाउन नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो ।

    पहिलो किस्ता रकम निकासा लिएका ३६ हजार ८ सय ५५ जना लाभग्राही मध्ये सरकारको अनुदान सहयोगमा २५ हजार ९ सय ८७, दातृ निकायको सहयोगमा २६ हजार ७ सय ६५ अस्थायी आवास निर्माण भएका छन् । ४२ हजार ५२४ लाभग्राही मध्य सात ओटै पालिकासँग ३७ हजार ४८ जना लाभग्राहीले पहिला किस्ता रकम निकासाका लागि सम्झौता गरेपनि ३६ हजार ८ सय ५५ जनाले पहिलो किस्ता पाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.