• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दृष्टि बिहिनहरुकालागि ५ हप्ते रेडियो प्रस्तोता तथा कम्प्यूटर तालिम सम्पन्न


  •    अभियान हाम्रो / आइतबार, फागुन २७, २०८०  

  • फागुन  पोखरा

    नेत्रहिन विद्यार्थी फाउण्डेसन पोखराको आयोजनामा रेडियो प्रस्तोता तथा कम्प्यूटर तालिम सम्पन्न भएको छ । दृष्टिविहिन विद्यार्थीलाई लक्षित गर्दै पोखरामा पाँच हप्तासम्म सञ्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिममा कास्कीसहित ८ जिल्लाका २० जना सहभागिलाई एक कार्यक्रमकाविच सहभागिताको प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको छ ।

    तलिममा सहभागिताको प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर अभ्यास गर्न आग्रह गरे । तालिमका प्रमुख प्रशिक्षकसमेत रहेका श्रेष्ठले भने, ‘तपाईहरुको काउण्ट डाउन अहिलेबाटै शुरु भयो, हामीसँग श्रोत होइन सोंचको अभाव छ, टिम स्प्रिटलाई ख्याल गर्दै एउटा स्तरिय रेडियो म्यागजिन प्रोग्राम प्रोडक्सन गर्न सके ७७ जिल्लाका रेडियोले प्रशारण गर्न सक्छ ।’

    नेपाल नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहिनहरुको वैकल्पिक आँखा सेतो छडी भए जस्तै तालिमले सहभागि प्रशिक्षार्थीहरुको हौषला बढाउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी दृष्टि बिहिनहरुका लागि वैकल्पिक आँखा सेतो छडी भएजस्तै आत्मविश्वास बढाउन यस तालिमले महत्पूर्ण भूमिका खेल्ने मेरो विश्वास छ ।’ यस्तै हौसला बढाउन अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले प्रशिक्षार्थीहरुलाई नेपाल नेत्रहिन संघ कास्कीले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दृष्टिबिहिन चिकित्सक डा। शरद कोइरालाले तालिमले सम्बन्धित विषयवस्तुमा मार्ग निर्देश गर्ने बताए । उनले तालिमपछि आफ्नो गन्तव्यको ढोका खुल्ने भन्दै सिकेका सिपमार्फत लक्ष्यमा सफल हुने गरि आगामी यात्रा तय गर्न सुझाव दिए ।

    कार्यक्रम संयोजक शिवलाल धितालले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले आयोजना गरेको तालिम इतिहासमा लिपिवद्ध हुने बताए । उनले सहभागिहरुको सक्रिय सहभागिताबाट आफु हर्षित भएको बताए । उनले भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सिटीवान टेलिभिजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठ, नोभा इन्स्टिच्यूडका सञ्चालक सबि शेरचन, चिफ ब्रोडकास्टिङ म्यानेजर विष्णु गौतम, संस्थाका कोषाध्यक्ष रबिना सुवेदी, कम्प्यूटर प्रशिक्षक दीपक अधिकारी लगायतले दृष्टिविहिनहरुको वृत्तिविकास हुने खालका कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    यस्तै प्रशिक्षार्थीहरु शेरजंग गुरुङ, सजना गुरुङ, मनिसा पोखरेलले तालिमले आफुहरुको आत्मविश्वाससँगै आफ्ना भनाईहरु निर्धक्कसँग प्रस्तुत गर्न सक्षम बनाएको बताए । बेसिक लेभलको कम्प्यूटरको तालिमपश्चात अब आफुहरुलाई एड्भान्स लेभलको तालिमको सञ्चालन गर्न आग्रह गरे । कार्यक्रम संयोजक धितालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अध्यक्ष विन्दु कोइराला सुवेदीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.