सिराहाको गोलबजारमा एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका ६ का करिब ३५ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
सो स्थानीयको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । अनिता कुमारी साह मात्र घरमा रहेको बेला धारिलो हतियार घाटीमा प्रहार गरि काटिएको र सिलौटाले टाउकोमा प्रहार गरेकको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।
घटनाबारे प्रहरीले विभिन्न तरिकाबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।
मृतको श्रीमान् महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ। घटनामा श्रीमान् शङ्काको घेरामा रहेको बताइएको छ ।








