• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१४ वर्षकी छोरीलाई बाबुबाट पटक-पटक बलात्कारको कारण बसेको ३ महिनाको गर्भपतन गराएपछी घटना बाहिरियो

"१४ वर्षकी छोरीलाई बाबुबाट पटक-पटक बलात्कारको कारण बसेको ३ महिनाको गर्भपतन गराएपछी घटना बाहिरियो "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन २६, २०८०  

  • चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाबुको बलात्कारको कारण बसेको ३ महिनाको गर्भपतन गराएपछि घटना बाहिर आएको हो ।

    उनीहरू कालिका नगरपालिकामा डेरा गरी बस्थे । नाबालिगको गर्भपतन गराएको मावलीले थाहा पाएका थिए । गत पुस १० गते नै चितवन प्रहरीमा बलात्कारको अभियोगमा जाहेरी दर्ता भएपनि बाबु अहिलेसम्म पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले बाबु फरार रहेको जानकारी दिए ।

    यसै वर्षदेखि विद्यालय आउन थालेकी बालिका सधैँ मलिन अनुहारमा आउने गरेको शिक्षक बताउँछन् । ७ कक्षामा पढ्दै गरेकी उनको शरीरमा पनि परिवर्तन देखिन थालेको थियो । एक शिक्षकका अनुसार गत पुसमा एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारका एक सदस्यले जानकारी दिएका थिए ।

    तर, नाबालिक छोरीको पत्थरीको शल्यक्रिया नभई बलात्कारपछि गर्भपतन गराएकोबारे बालिकाकी मामाघरकी हजुरआमाले विद्यालयमा जानकारी गराएपछि विद्यालय परिवारले यो घटना थाहा पाएको थियो ।

         कालिका नगरपालिकाकी उपमेयर विमला तामाङले घटना प्रहरीमा पहिल्यै दर्ता भएपनि आफ्नो जानकारीमा आजमात्रै आएको बताइन् । उनले बालिकाको स्वास्थ्य अवस्थाबारे बुझिरहेको र प्रहरीको समन्वयमा बालिकाको उचित संरक्षणको व्यवस्था गर्ने नेपाल प्रेसलाई जानकारी दिइन् ।

    प्रहरीलाई जाहेरीमा जानकारी गराए अनुसार उनको बाबुले महिनावारी नभएपछि बालिकालाई भरतपुरमा लगेर गर्भपतन गराएका थिए । कुन अस्पतालमा लगेका हुन् भन्ने खुलेको छैन नेपाल प्रेसले लेखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.