• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिहे भएको २५ वर्षमा दुईमहिने शिशु छोराका रूपमा राखियो, दम्पतीको आँखामा हर्षका आँसु टिल्पिलाए

" बिहे भएको २५ वर्षमा दुईमहिने शिशु छोराका रूपमा राखियो, दम्पतीको आँखामा हर्षका आँसु टिल्पिलाए "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन २६, २०८०  

  • इलामको माई नगरपालिका–१०, चिसापानीका शिक्षक ठहरसिंह बस्नेत र उनकी पत्नी विष्णुमाया चौंलागाईंको बिहे भएको २५ वर्ष बित्यो । तर, कुनै सन्तान भएनन् ।

    बिहेको अढाई दशकपछिको एक दिन (आज) भने उनीहरूको मुहारमा बेग्लै खुसी छचल्किएको देखियो । जब, उनीहरूको हातमा करिब दुईमहिने शिशु छोराका रूपमा राखियो, दम्पती औधी रमाए, आँखामा हर्षका आँसु टिल्पिलाए ।

    विष्णुमायाले काखमा लिएर छोराको अनुहार हेरिन् । ठहरसिंहले पत्नी र छोराको अनुहार नियाले । दम्पती मुस्कुराए । यो दृश्य हेरिरहेका सहभागीबीच फोटो खिच्ने होडबाजीझैं भयो । पालैपालो सबैले फोटो, भिडियो खिचे । कुनै नयाँ घटनाका रूपमा सामाजिक सञ्जालमा समेत पोस्ट्याइदिए ।

    गत पुस अन्तिम साता माइजोगमाई गाउँपालिका–३, गिद्देभिरको ढुङ्गाको च्यापमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशु गाउँपालिकाले बस्नेत दम्पतीलाई प्रदान गरेको हो । फेला परेयता इलाम अस्पतालमा रहेका शिशुलाई कानुनी प्रक्रिया पूरा गरी अस्पतालबाटै धर्मपुत्रका रूपमा बस्नेत दम्पतीलाई दिइएको छ ।

    शिशु लिँदैगर्दा बस्नेत दम्पतीले खुसीसाथ १४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । र, बेवारिसे अवस्थामा भेटिएको शिशुलाई पालिकाले कार्यविधि नै बनाएर अभिभावकलाई कानुनी रूपमा जिम्मा लगाएको इलामको यो पहिलो घटना पनि हो ।

    ‘जीवनको पहिलो खुसी पाएको छु,’ सम्झौतापत्रमा हस्ताक्षर गर्दै आजै बाबु बनेका ठहरसिंहले भने, ‘हामी यति हर्षित भएका छौं कि, व्यक्त गर्ने कुनै शब्द छैन । यो शिशु जिम्मा बुझ्दैगर्दा हामीले गरेका लिखित–अलिखित सबैखाले प्रतिबद्धता पूरा गर्नेछौं ।’

    गाउँपालिकाका अनुसार बस्नेतका तीन दाजु–भाइमा पनि तीनैजनाका सन्तान छैनन् । ठहरसिंह दम्पतीले सन्तानोत्पादनबारे चिकित्सकसँग पनि सल्लाह नलिएका होइनन् । तर, डाक्टरले प्रमाणित गरिदिए–उनीहरू दुवैजनाबाट कुनै सन्तान जन्मिँदैनन् ।

    बिहेपछि सन्तान, घर–परिवार, नातागोता नेपाली समाजको परम्परा र प्राकृतिक पक्ष पनि हुन् । बस्नेत र चौंलागाईंको पनि बिहेको सामाजिक योजना अरूको भन्दा फरक थिएन । तर, यो योजना पूरा हुन नपाएकामा उनीहरूमा रहेको चिन्ता अब खुसीमा परिणत भएको छ ।

    माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बेवारिसे शिशु फेला परेपछि त्यसको कार्यविधि नै निर्माण गरी पालिकाले अरूभन्दा फरक काम गरेको बताए ।

    ‘हामीले बेवारिसे शिशु व्यवस्थापनमा बेग्लै कार्यविधि बनायौं, अदालतबाटसमेत सुझाव लिएर कानुनी रूपमा नै यो शिशु हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘यो शिशु जिम्मा लिन पालिकामा ११ दम्पतीले निवेदन दिएका थिए । सबैभन्दा उपयुक्त आधारसहितको निवेदकलाई शिशु प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।’

    गाउँपालिका उपाध्यक्ष प्रविना राईले शिशुलाई राम्रोसँग हेरचाह र पालनपोषण गर्न बस्नेत दम्पतीलाई आग्रह गरिन् । ‘यी शिशुको पालनपोषण, शिक्षा–दीक्षामा कमी हुनेछैन भन्ने गाउँपालिकाको विश्वास छ,’ उनले भनिन्, ‘हामी बेला–बेला अनुगमन पनि गर्नेछौं ।’

    इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले शिशुको स्वास्थ्य राम्रो रहेको बताए । उनले शिशुलाई बाहिरी संक्रमणबाट बचाउन र स्वास्थ्यमा ख्याल राख्न उनका नवअभिभावकलाई आग्रह पनि गरे ।  अन्दाजी तीन–चार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्किनेक्रममा फेला पारेका थिए । प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो ।
    पालिका पेज  बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.