• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त

"भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन २६, २०८०  

  • लन्डन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । लन्डनको  हाउस अफ कमन्स टेरेस् पेभिलियनमा बिहीबार आयोजित समारोहबिच दाहालले ‘पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डस २०२४’ अन्तर्गत ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेकी हुन् ।  इपिजी नामक संस्थाले प्रदान गरेको उक्त अवार्ड लन्डनका मेयर सादिक खानले दाहाललाई हस्तान्तरण गरेका थिए ।

    अवार्ड प्राप्त गरेपछि दाहालले आफूमा थप ऊर्जा र हौसला थपिनुका साथै जनताप्रति अझ बढी उत्तरदायी हुन मद्दत पुगेको बताइन् । जनताका लागि आफूले गरेको योगदानको अन्तर्राष्ट्रिय मूल्याङ्कन भएको समेत दाहालले बताइन् । दोस्रो कार्यकालका लागि मेयर बनेकी दाहालसँगै एउटै स्टेजमा लन्डनका मेयर सादिक खानले ‘लोकल गभरमेन्ट अवार्ड’ प्राप्त गरेका थिए ।

    सो समारोहमा मरिससकी पहिलो मुस्लिम महिला राष्ट्रपति (२०१५ देखि २०१८) अमिना गुरिव फकिमले ‘इन्टरनेशनल वुमन अफ द इयर अवार्ड’ पाइन् ।  यसैगरी भारतीय राजनीतिज्ञ तथा ऋषिहुड युनिभर्सिटीका चान्सलर सुरेश प्रभाकर प्रभुले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले पार्लियामेन्टरियन अफ द इयर (गभरमेन्ट), राज्यमन्त्री रोबर्ट हाल्फोनले मिनिष्टर अफ द इयर, सांसद ग्यारेथ थोमसले ‘स्याडो मिनिष्टर अफ द इयर अवार्ड’ र  सनराइज रेडियोले ‘मिडिया अफ द इयर अवार्ड’ पाएका छन् । इन्टरकन्टिनेन्टल लन्डन ओटुले ‘होटल अफ द इयर अवार्ड’ पाएको छ भने  प्रोफेशर जसपाल कोनरले ‘डक्टर अफ द इयर अवार्ड’ प्राप्त गरे ।

    १६ औं वार्षिक अवार्डस् वितरण समारोहमा कुल २४ विद्यामा अवार्ड प्रदान गरिएको थियो भने होष्ट सांसद भ्यालिरी भाज थिइन् । अवार्ड वितरण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, मेयर दाहालका श्रीमान अर्जुन पाठक, लन्डनका व्यवसायी रविन्द्रजंग लामिछाने लगायत ब्रिटिश तथा भारतीय मूलका बेलायतीको बाहुल्यता थियो  रातोपाटि  लेखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.