पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको कदमका कारण नेपाली खेलाडीहरुको आर्थिक अबस्था मात्रै उकासिएको छैन् मनोबल पनि उकासिएको छ । प्रचण्ड प्रधानमन्त्री भएर आएपछि क्रिकेटमा अबिश्वशनीय उपलब्धी हासिल गरेको छ । नेपालका खेलाडीहरु आर्थिक रुपमा सबल भएमात्र राम्रो खेलेर देशलाई चिनाउँछन भन्ने प्रचण्डको कदमले खेलमा सकारात्मक नतिजा आएको क्रिकेटका खेलाडीहरु नै बताउँछन् ।
क्रिकेट खेलाडीको मिहिनेतको कदर गर्दै लाखौँ पुरुस्कार समेत प्रचण्ड प्रधानमन्त्री भएर आएपछि घोषणा गरेर निकासा गरिसकेका छन् ।
सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी(२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।
क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद ९राखेप० सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ ९क्यान० हार्दिक आभार व्यक्त गर्दछ ।’
सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ ।
नेपाल विश्वकपमा छनोट भए लगत्तै प्रधानमन्त्री प्रचण्डले टिमको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको र अहिले त्यो प्रतिबद्धता परेको बताउँदै राखेपका सदस्य सचिव घिसिङ्गले अब खेलाडीले उच्च मनोबलका साथ तयारी गरेर विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको बताएका छन् ।खेलकुदको इतिहासमा गणतन्त्र आएपछि यतिठूलो घोषणा गरि कार्यान्वयनमा समेत ल्याउन सफल प्रधानमन्त्री प्रचण्ड बनिसकेका छन् ।








