इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोकगाएक कृष्ण कँडेलविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता फिर्ता भएको लिएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने महिला पीडितले नै फिर्ता गरेको श्रोतले बताएको छ ।
इन्द्रेणी कार्यक्रमको कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी थिइन् ।
पीडित महिलाले इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेलसँग आफ्नो कुरा मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिए पश्चात इन्द्रेणी कार्यक्रमका सञ्चालक कँडेलले पनि महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको मुद्दा समेत फिर्ता लिइएको बताएको छ ।








