• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा एक पुरुषलाई पक्राउ

"आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा एक पुरुषलाई पक्राउ "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, फागुन २२, २०८०  

  • भारतमा प्रहरीहरूले प्रहरी पोसाकमा एक पुरुषलाई पक्राउ गरेका छन् । आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा गएपछि प्रहरीले २४ वर्षका अनुपम मदन खन्दारेलाई समातेका हुन् । यो घटना महाराष्ट्रको हो । फेब्रुअरी २१ मा भारतको महाराष्ट्रमा उच्च माध्यमिक बोर्डको परीक्षा सुरु भएको थियो ।

    राज्यको पतुर सहरस्थित शाहबाबु उर्दु उच्च विद्यालयमा परीक्षा चलिरहँदा खन्दारे प्रहरी पोसाकमा छिरे । ती युवक परीक्षामा चिट चोर्नबाट रोक्न होइन आफ्नी बहिनीलाई चिट चोराउन गएका थिए । एक दिन प्रहरी पोसाकमा आँखा गएपछि उनको दिमागमा प्रहरीको भेष बनाएर परीक्षा हलमा जाने ‘आइडिया’ आएको थियो । तर स्थिति उनले सोचेजस्तो भएन ।

    खन्दारे परीक्षा हलमा त सजिलै छिरे । बहिनीलाई चिट चोर्न सहयोग गर्न लागेकै थिए । सक्कली प्रहरीको टोली परीक्षा हलमा टुप्लुक्क आइपुगे । सक्कली प्रहरीको टोलीलाई देखेपछि खन्दारेले सलाम ठोके । तर उनको अप्ठ्यारो हाउभाउले शङ्का उत्पन्न गरायो । सक्कली प्रहरीको टोलीले २४ वर्षीय युवकको पोसाक नियाले ।

    यस क्रममा पोशाकमा टाँएिको नेम प्लेट नै अशुद्ध पाए । उनको पोसाकको स्तर पनि शङ्का उब्जाउने खालको थियो । प्रहरीहरूले खन्दारेलाई केरकार गरे अनि उनको बगली चेक गर्न थाले । चेकजाँचका क्रममा उनको बगलीबाट एक मुठ्ठी चिट निस्कियो । प्रहरीहरूले उनलाई हिरासतमा राखेका छन् । सरकारी कर्मचारीको भेष धरेको भन्दै अभियोग पनि चलाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.