• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० सालको पत्रकार महिला सम्मान खोज मिडियाका रजनी तामाङलाई


  •    अभियान हाम्रो/ सोमबार, फागुन २१, २०८०  

  • पोखरा

    स्वतन्त्र पत्रकार संघ नेपालद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मान यस वर्ष कास्कीकी रजनी तामाङ स्याङ्बोलाई अर्पण गरिने भएको छ ।

    पूर्व सम्मानित प्रतिभा शीला गुरुङको संयोजकत्वमा कृष्ण रानाभाट र कल्याण पन्त रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई संघको आइतवार सम्पन्न बैठकले सर्वसम्मत अनुमोदन गरेको कास्की शाखाका सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।

    तामाङ्लाई १० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने संघका कोषाध्यक्ष ओम उपाध्याय बताउँछन् ।
    उक्त सम्मानबाट यस अघि अग्रज पत्रकार दुर्गा अधिकारी (रेडियो सफलता), शीला गुरुङ (रेडियो नेपाल) रविना आले मगर (रेडियो तरङ्ग), शान्ति राणा (रेडियो नेपाल), ईश्वरी पौडेल (परिज्ञान साप्ताहिक), सीता दर्नाल (रुपन्देही), मनिता राई (सुनसरी) लगायत सम्मानित भइसकेका छन् ।

    यो वर्ष सम्मानित हुन लागेकी तामाङ माछापुच्छे गाउँपालिका–९ कास्कीका वासिन्दा हुन् । पिता जुतबहादुर तामाङ र माता फिस्टी तामाङको कोखबाट जन्मेकी तामाङ लामो समयदेखि खोज मिडियामा संलग्न छन् ।

    विभिन्न संस्थामा रहेर कार्य गरेको अनुभव रहेकी तामाङ भिडियोग्राफी, फोटोग्राफी र समाचारवाचनतर्फकी कुशल प्रस्तोतासमेत हुन् । उनीसँग विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहेर कार्यसम्पादन गरेको अनुभव छ ।
    तामाङलाई यही फाल्गुन २४ गते कास्की शाखाको वार्षिक साधारण सभा तथा अधिवेशन समारोहका बीच सम्मान अर्पण गरिने भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.