• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० फाल्गुन २१ गते सोमबार, तपाईको आजको राशिफल

"२०८० फाल्गुन २१ गते सोमबार, तपाईको आजको राशिफल "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन २१, २०८०  

  • मेष- आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान्। हातबाट अवसर गुम्‍न सक्छ। ध्यान दिएर काम गर्नु होला। उपहारका नाउँमा काम नलाग्‍ने वस्तु मात्र हातलागी हुन सक्छ। मिहिनेत गर्दा अवसर पाइनेछ। सत्कार्यमा जुट्नाले फाइदै होला। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

    वृष- आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्‍ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ। मान र विद्या प्राप्त हुने समय छ। टाढाको यात्रा पनि हुन सक्छ। प्रतिष्‍ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुख, दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

    मिथुन- आज साथीभाइहरूबाट फाइदा उठाउन सकिएला। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्। खर्च लागे पनि चिताएको काम बन्‍नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। अरूले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्‍ठा दिलाउन सक्छ।

    कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। तर पनि विपरीत लिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुहोला।

    सिंह- आज तपाईंलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ। खानपानमा पनि एकदमै सजग रहनु होला। विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।

    कन्या- लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। भोगविलासमा मन रमाउनेछ। कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। नयाँ काममा हात हाल्ने समय आएको छ। पढाइमा पनि प्रगति हुने दिन छ।

    तुला- विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। रोकिएका काममा दोहोर्‍याएर प्रयत्‍न गर्नुहोला। परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ। दिन सामान्य नै छ। साथीभाइले काममा सहयोग जुटाउन सक्छन्।

    वृश्‍चिक- आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ। अलि दृष्‍टिभ्रममा परिएला। आँखाको समस्याले पनि सताउन सक्छ। विशेष अवसर प्राप्त भए पनि ईर्श्या गर्नेहरूले दुःख दिनेछन्। आफ्नाबाटै धोका पाइनेछ। अनायसै खर्च पनि हुन सक्छ। स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्‍न रहनेछ।

    धनु- आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला। आज ठूला व्यक्तिहरूबाट मानसम्मान प्राप्त होला। मिष्‍ठान्‍न भोजन पनि प्राप्त हुने दिन छ। नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ। अर्थ अभावले काम रोकिने सम्भावना छ।

    मकर- परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ। तर पनि व्यापारबाट फाइदा हुने दिन छ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्‍ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। धनलाभ पनि होला। काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्। दिगो आम्दानी हुने काम शुरु हुनेछ।

    कुम्भ- यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ। पढाइ आज खासै राम्रो छैन। उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ। अधैर्यपन बढ्नुका साथै काम नबन्‍ने डरले सताउन सक्छ।

    मीन- ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। सोचेको काम समयमा नबन्‍नाले दुःख पाइनेछ। भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ। आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला। अप्ठ्यारा कामको बोझ थपिन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.