पोखरा, २० फागुन
पुन एकता क्लब पोखराले रु १ लाख पुरस्कार राशीको खुला बास्केटबल प्रतियोगिता फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने क्लबले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको उनले जानकारी दिए । मंगलबार टाइसिट ड्र गरी बुधबारदेखि खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस विधामा दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ राखिएको उनले बताए । भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गर्बुजाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए । उनका अनुसार भेट्रान्सले ४ हजार ५ सय रुपैयाँ बुझाएर टिम दर्ता गर्नुपर्नेछ भने महिलाको टिम सहभागिताका आधारमा शुल्क निर्धारण गरिनेछ ।








