पोखरा
नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा आयोजना गरिएको प्रथम वि.पि. स्मृति खुल्ला फुट्सल कप पोखरा ७ मा अवस्थित फरेस्ट स्पोर्टस एरिनामा सम्पन्न भएको छ ।

१६ टिम को सहभागिता भएको खेलमा फाइनल खेल फ्रेस इलिमिन्टस र मिलन टोल बीच सम्पन्न भएको थियो भने मिलन टोलको ३ गोल र फ्रेस इलिमेन्टसको १ गोल हुँदा मिलन टोल प्रथम र फ्रेस इलिमेन्टस द्धितिय भएको छ ।
गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बरालले फुट्सल कप उद्घाटन गरेका थिए भने कार्यक्रमको समापन नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ , नेपाली काँग्रेस कास्कीका सचिब भानु ढकाल, क्षेत्रीय सह-सचिब सितल अधिकारी, ने.वि. संघ केन्द्रीय सदस्य राजेन्द्र बराल, एन.आर.एन.ए जापानका सचिब दिपेश के.सी. लगायत ब्यक्तित्वहरुको सहभागितामा रहेको थियो

नेपाल विधार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिले राखेको फुटसलमा रु. ५५,५५५ प्रथम पुरस्कार र रु. ३३,३३३ द्धितिय पुरस्कार राखिएको उक्त कपमा विजेता र उप-विजेतालाई ट्रफी, मेडल र प्रमाण पत्रले समेत पुरस्कृत गरिएको सभापति पौडेले जानकारी गराएका छन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल-किपर र उच्चतम गोलकर्तालाई समेत ट्रफीका साथ सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति विपिन पौडेलले प्रथम वि.पि. स्मृति फुट्सल कप सम्पन्न गर्न सहयोग गर्नुभएका सम्पुर्णलाई हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम समापन गरेका हुन् ।








