विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० पोखरामा हुने भएको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको सात वटै प्रदेशबाट १५ टीमको सहभागिता रहने प्रतियोगिता प्रचारप्रसार संयोजक निरोज तोलांगीले जानकारी दिनुभयो ।
जसमा महिला ६ र पुरुषको समुह ९ रहेका छन् । दुइदिन सम्म चल्ने प्रतियोगितामा महिला तथा पुरुष तर्फ प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमशः ५०, ४० र ३० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । सहभागि टिमलाई पुरस्कारसहित सहभागिताको प्रमाण पत्र पनि प्रदान गरिइनेछ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले गर्नुहुनेछ भने, समापन समारोहको प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्नुहुनेछ ।
पत्रकार सम्मेलनमा सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक विजेता अधिकार लुइटेल, गण्डकी प्रदेश पुरुष भ्वाइस टिम क्याप्टेन सुरेश गौली, कर्णाली प्रदेश म्वाइ टिम क्याप्टेन धर्मराज रावल, आर्मी टिम टिम क्याप्टन राम बहादुर तामाङ र गण्डकी प्रदेश महिला टिम क्याप्टेन अन्जु बरालले अरु खेल सरह प्रतियोगिताको विकासमा लाग्नुपर्ने दायीत्व राज्यको पनि भएकोले अपांगता भएका व्यक्तिहरु आवद्ध खेललाई पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै सस्थाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा स्थापित विकास शिल्ड प्रत्येक २ वर्षमा विभिन्न राष्ट्रिय स्तरको अपांगता खेलकुद कार्यक्रम आयोजना गरिने समेत पत्रकार संमेलनमा जनाइएको छ । प्रतियोगिता दुइदिन सम्म चल्ने कार्यक्रम व्यवस्थापन संयोजक हिमाल अर्यालले जानकारी दिनुभयो ।








