• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिवालय गाँउपालिकाको एम्बुलेन्स चार महिनादेखि विग्रिएपछि बिरामीले सास्ती


  •    संवाददाता/ शुक्रबार, फागुन १८, २०८०  

  • शिवालय गाँउपालिकाको एम्बुलेन्स चार महिनादेखि विग्रिएपछि बिरामीले सास्ती पाएका छन् । समयमा मर्मत सम्भार नगरेपछि उक्त एम्बुलेन्स हाल इलाका प्रहरी कार्यालयको चौरमा छ ।

    पालिका भित्रका जटिल तथा गर्भवति सुत्केरीलाई समयमा सुविधा सम्पन्न अस्पतालमा पु¥याउन खरिद गरिएको एम्बुलेन्स मर्मत नगर्दा बिरामीले नीजि सवारी साधन प्रयोग गर्दै आएका छन् । भौगोलिक विकटता दुर्गम गाँउवस्तीका नागरिक बिरामी हुँदा गाडी नपाउने पाएपनि नीजि गाडीले महङ्गो भाँडा तिरेर अस्पताल लैजानु परेपछि शिलालयका नागरिकले दुख पाएका छन् ।

    विग्रेको एम्बुलेन्स मर्मत नगर्दा गाँउवस्तीका नागरिक बिरामी पर्दा स्टेचरमा बोकेर स्वास्थ्य संस्था लैजान परेको शिवालय गाँउपालिका–३ का चुनीलाल नेगीले गुनासो गर्नुभयो । शिवालय गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बस्नेतले एम्बुलेन्स मर्मतका लागि धेरै बजेट लाग्ने भएपछि मर्मत गर्न नसकेको बताउनु भयो । अब छिटै नयाँ एम्वुलेन्स आउछ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आश्वासन दिनुभयो ।

    ग्रामिण वस्तीका नागरिक बिरामी भएपछि गाँउपालिकाले भाँडा खर्च व्यहोर्ने गरेको शिवालय गाँउपालिका अध्यक्ष शेरबहादुर शाहीले बताउनु भयो । अध्यक्ष शाहीका अनुसार एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि कर्णाली प्रदेश सरकारको १५ लाख, शिवालय गाँउपालिकको ५ लाख गरी जम्मा २० लाख बराबरको एम्बुलेन्स ल्याउने निर्णय भएको छ । केही दिनमा नयाँ एम्बुलेन्स आउने अध्यक्ष शाहीले बताउनु भयो ।
    नागरिकलाई सहज रुपमा उपचार गर्न पाउनु पर्छ भन्ने मनसायले एम्बुलेन्स सेवाबाट बन्चित हुन नदिन स्थानीय सरकारले नीजि गाडीको भाँडा तिरेर बिरामीलाई स्वास्थ्य संस्था तथा सुविधा सम्पन्न अस्पताल पठाउने गरेको छ । शिवालय गाँउपालिका–३ का पदमी रावतले एम्बुलेन्स विग्रिएपछि नागरिकले समयमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्नु भयो । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवति महिला, शारीरिक अपाङगता भएका व्यक्ति समस्यामा परेका छन् । पालिकाले बिरामी बोक्ने गाडीको भाडा तिर्ने भनेपनि पालिकाका सबै जनताले उक्त सेवा पाउन नसकेको स्थानीयबासी पदमी रावतले आरोप लगाउनु भएको छ ।

    शिवालय गाउँपालिकाका सामान्य बिरामीको उपचार प्राथमिक स्वास्थ्य चौकीमा हुने गरेको छ भने जटिल खालका बिरामीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र नेपालगञ्ज लैजाने गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.