पोखरा, फागुुन
मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग १ लाख १० हजार हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घर भै हाल पोखरा महानगरपालिका वडा नम्वर ६ बस्दै आएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिई हुन् ।
सुवेदार कर्णबहादुर गुुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट दश हजार थप गरि रकम हस्तान्तरण गरिएको हो । उपचारको लागि पोखरा,बेलायत लगायतका ब्यक्ति र विभिन्न संघ-संस्थाबाट संकलन गरेको र महानगरबाट पनि थप दश हजार प्राप्त भए संगै, सबै गरेर १ लाख १० हजार उपप्रमुुख मार्फत हस्तान्तरण गरिएको हो ।
पीडित शेर्पाका श्रीमान र एक छोरी रहेका छन् । शेर्पा विगत तिन वर्षदेखि मृगौला पीडित रोगको उपचार गराइउदै आउनुुभएको छ । सहयोग रकम प्राप्त गरेपछि शेर्पाले आफनो उपचारका लागि सहयोग संकलन गर्ने बुुबा कर्णबाहदुर गुुरुङ र सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नुुभयो । “यो सहयोगले मेरो उपचारमा राहत पुुग्ने छ” भन्नुुभयो ।पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले मृगौला पीडित शेर्पाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन गर्ने कर्णबहादुरप्रति धन्यबाद ब्यक्त गर्नुुभयो ।