• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फेब्रुअरी महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइए


  •    अभियान हाम्रो / शुक्रबार, फागुन १८, २०८०  

  • पोखरा, फाल्गुन
    फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा विभिन्न कार्यक्रम गरी यस महिनालाई अभियान स्वरूप आयोडिन महिनाका रूपमा मनाइएको हो ।
    महिना भरि विभिन्न चेतनात्मक कार्यक्रम गरिएको महानगरको स्वास्थ्य महाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । महिनाभरि समन्वयात्मक, चेतनात्मक र जानकारी मूलक विभिन्न कार्यक्रमहरू गरिएका उहाँले बताउनुभयो । आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषकतत्व भएकाले यस सम्बन्धमा नागरिक सचेतना अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।
    पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै स्वास्थ्य प्रवर्द्धनका गतिविधिहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
    महानगर स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण लामाले महानगर भित्र आयोडिनको कमीका कारण आउन सक्ने स्वास्थ्य जोखिमहरूको न्यूनीकरणका लागि प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
    महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल पोखराकी संयोजक भिमा पौडेलले स्वास्थ्य सचेतना अभिवृद्धिमा महिला स्वास्थ्य स्वयसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । साल्ट ट्रेडिङ गण्डकीका निर्देशक सागर शेरचनले मानव स्वास्थ्यका लागि आयोडिनको सेवन अनिवार्य र अत्यावश्यक रहेको बताउनुभयो ।
    छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा, गुरुकुल माविका प्रधानाध्यापक नारायण आचार्य र पुष्प सदन माविका प्रधानाध्यापक शिवलाल रिमालले विद्यालय तहदेखि नै यसको महत्वलाई बुझाउन स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो । जंकफुडहरुको अत्यधिक प्रयोगले विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गरेको बताउँदै प्रध्यानाध्यापकहरुले यसको निषेधका लागि पोखरा महानगरपालिकाले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।
    पोखरा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कार्यक्रममा फोकल पर्सन सत्यराज साखीले नेपाल सरकारको पोषण कार्यक्रम अन्तरगत पहिलो प्राथमिकतामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो । मानव स्वास्थ्यका लागि पोषणको मात्रा पुरा गराउने सन्दर्भमा विभिन्न खाले सचेतना तथा सन्देशमूलक कार्यक्रमहरू गरिएको उहाँले बताउनुभयो ।
    आयोडिनको कमीका कारण गलगाँड आउने, मानसिक तथा बौद्धिक विकासमा असर पर्ने, शारीरिक अपाङ्गता हुने, पुनरुत्पादन क्षमतामा ह्रास आउने, गर्भपतन हुने र बाल तथा मातृ मृत्युदर बढ्ने लगायतका समस्याहरू देखिने गर्दछन् ।
    प्रतिव्यक्ति दैनिक ५ ग्राम आयोडिन आवश्यक पर्ने भए पनि विभिन्न अध्ययनहरूले भने ११ ग्राम सम्म आवश्यक पर्ने देखाउने गरेका छन् । आयोडिन मानसिक फुर्ती र शारीरिक शक्तिका रूपमा मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.