• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडा नम्बर १२ मा सुरु भयो १ महिने हस्तकला तालिम


  •    अजय क्षेत्री / बिहिबार, फागुन १७, २०८०  

  • पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ ।

    हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले महिला दिदीबहिनीलाई सिप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानी बालुवामा हालेको पानी जस्तो खेर नजाओस् भन्ने आग्रह गर्दै दत्तचित्त भई नियमित हाजिरी गरी सिप सिक्न आग्रह गरे ।

    विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सिप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने, स्वरोजगार हुने मौकालाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सिप हस्तान्तरणको मर्म भएको बताइन । दक्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भइ उत्पादन गरेका हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाताले लिने प्रतिवद्धता व्यक्त गरिन ।

    वडा सदस्य गोविन्दबहादुर सिग्देल, शान्तबहादुर थापा, वडा सचिव महेश्वर अर्याल, लेखा संयोजक विवेचन घिमिरे लगायतका वक्ताले प्रशिक्षार्थीलाई लगनशील भई तालिममा सहभागिता जनाउन शुभकामना दिएका थिए । वडा सदस्य एवम् तालिम संयोजक शान्ति कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य गुमा परियारले स्वागत मन्तव्य राखेकी थिइन । साथै यस्ता सिपमुलक स्वरोजगारमुलक उत्पादनमूलक कार्यक्रमहरु यसअघि पनि वडा न:१२ले गर्दै आएको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.