• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसको अनक्याम्पस फाइनल सम्पन्न टिम थिन क्लाइन्टको टोली विजेता 

"हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसको अनक्याम्पस फाइनल सम्पन्न टिम थिन क्लाइन्टको टोली विजेता  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १७, २०८०  

  • हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस को अनक्याम्पस फाइनल सम्पन्न… टिम थिन क्लाइन्टको टोली विजेता  हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस को अनक्याम्पस फाइनल गत सोमबार फाल्गुन १४ गते गण्डकी प्रज्ञाप्रतिष्ठान को भानु सभा हलमा सफलता पुर्वक सम्पन्न भएको छ। हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसद्वारा मङ्सिर २६ गते ‘इन्फो सेसन’ देखि सुरुवात गरि यो तीन महिनाको अवधिमा स्टार्टअप हरूलाई आवश्यक पर्ने उद्यमशीलता कौशल, बिजनेस मोडल क्यानभास, स्टार्टअप फाइनान्स, मार्केटिङ पिचिङ आदि जस्ता कार्यशाला प्रतिस्पर्धी विद्यार्थीहरू लाई प्रदान गरि अन्त्यमा अनक्याम्पस फाइनल आयोजित गराइएको थियो | उक्त अनक्याम्पस फाइनलमा पृथ्वीनारायण क्याम्पस का ५ फाइनलिस्ट विद्यार्थी समूहहरूले हल्ट प्राइज २०२४ को थिम “अनलिमिटेड” मा आधारित भएर आफ्नो आइडिया पिच गरेका थिए। कार्यक्रम मा सभापतिको आसन ग्रहण क्याम्पस डाइरेक्टर बविता तामाङ ज्यू ले गर्नुभएको थियो भने प्रतियोगिताको निर्णायक मण्डलमा जोन्सेन ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष नूरज बटाजु, नबिल बैङ्क गण्डकी प्रदेश का क्लस्टर हेड हरि ढाकाल, चार्टर्ड एकाउन्टेन्ट्स संघ नेपाल, कास्की शाखा पोखराका अध्यक्ष सि ए बिबेक श्रेष्ठ ज्यू रहेका थिए | कार्यक्रम को सुरु राष्ट्रिय गानबाट गरिएर प्रतियोगि ५ समूह टिम थिन क्लाइन्ट, टिम दि ओरिजीनल्स, टीम इको रोड, टीम ट्युटर होम नेपाल, टिम क्लेज हरुले चार मिनेट पिचिङ र निर्णायक मण्डलसंग प्रश्न उत्तर सत्रलाईअर्को चार मिनेट गरी प्रतिस्पर्धा गरेका थिए। अन्तिम चरणको प्रतिष्प्रर्धामा ४ समुहलाई पछि पार्दै टिम थिन क्लाइन्टको टोली प्रथम हुदै क्षेत्रिय छनौट प्रतियोगिताको लागि मुम्बै, नैरोबी, बोस्टन, मोन्टेरी, बैंकक, दुबई, लिस्बन मध्ये कुनै एक शहर जाने बाटो खुल्ला गरेको हो । उक्त टोलीमा सुदीप पौडेल (कप्तान), उत्पल पौडेल, सिजन शाही, रोशन थापा, इशानी अधिकारी रहेका छन्। उक्त प्रतियोगितामा टिम दि ओरिजीनल्स, टीम इको रोड, क्रमसः दोस्रो र तेस्रो स्थानमा आएका छन् । क्षेत्रिय छनौटबाट पुन अर्को चरणको छनौट ग्लोवल एसिलेटरमा छनौट भए पश्चात विश्वका प्रतिष्प्रर्धीहरुसंग फाइनल चरणमा बेलायतको लन्डनमा प्रतिष्प्रर्धा हुने र यदि विश्व प्रतिष्प्रर्धामा विजेता भएमा एक मिलियन अमेरीकी डलर पुरस्कारको हासिल गर्ने कुरा हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस का क्याम्पस डाइरेक्टर बविता तामाङले बताइन । हल्ट प्राइज पृथ्वीनारायण क्याम्पस अनक्याम्पस कार्यक्रम २०२३/२४ का रिसोर्स पार्टनर NYEF पोखरा च्याप्टर, एजुकेसन पार्टनर XDezo एकेडेमी, भेन्यू पार्टनर गण्डकी प्रज्ञाप्रतिष्ठान, प्रायोजक ए एस रियल इस्टेट प्राइभेट लिमिटेड , श्री रत्न आभूषण, गण्डकी सप्लार्यस एण्ड रियल इस्टेट प्राइभेट लिमिटेड, नमस्ते आभूषण, ड्रिम आर्टस, गण्डकी फुड क्याफे एण्ड नान हाउस रहेका थिए।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.