मञ्जु श्री फाइनान्स लिमिटेड र ग्यालेक्सी हस्पिटल बीच कारोबारको सम्झौता भएको छ । नेपाल अधिराज्य भर मञ्जु श्री फाइनान्स लिमिटेडमा कारोबार गर्ने सम्पूर्ण ग्राहकलाई पोखराको बुद्ध चोकमा अवस्थित ग्यालेक्सी हस्पिटलले १५ % (प्रतिशत) छुट दिने भएको छ ।
जसमा दुई पक्ष बीच सम्झौता भएको हो ।मञ्जु श्री फाइनान्स लिमिटेडकी शाखा प्रमुख सर्मिला श्रेष्ठ र ग्यालेक्सी हस्पिटलका डाक्टर ऋषी राम ढकालले सम्झौता पत्रमा हस्ताक्षेर गरेको छ । मञ्जु श्री फाइनान्सका बजार व्यवस्थापक नवराज ढकालले जानकारी दिनु भयो ।








