आफू सामाजिक अभियन्ता भन्ने शर्मिला वाइबा पक्राउ परेकी छन् ।काठमाडौं प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको छ ।
कलाकार ‘म्याकुरी’ पवन खतिवडालाई कुटपिट गरेको आरोपमा वाइबा पक्राउ परेकी हुन् । केही समय अघि वाइबा, सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर पवन माथि कुटपिट गरेको आरोप छ ।
उनीविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।








