• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार


  •    बिनोद ढुङ्गाना/ बुधबार, फागुन १६, २०८०  

  • पोखरा

    एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ ।
    सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो । फाइनल खेल बुधबार विहान १० बजेदेखि सुरु हुनेछ ।

    पहिलो सेमिफाइलनमा मदरल्यान्डलाई प्रतिभाले ६ विकेटले पराजित ग¥यो । मदरल्यान्डले दिएको ८२ रनको लक्ष्य पछ्याएको प्रतिभाले ५२ बल अगावै ४ विकेट गुमाएर पुरा ग¥यो । प्रतिभाका लागि निश्चल श्रेष्ठले सर्वाधिक २० रन बनाए । बब्लु शाह र रोशन पौडेलले १३÷१३, राहुल शर्माले ३ रनको योगदान दिँदा रोहन चन ६ रनमा अविजित रहे ।
    बलिङमा मदरल्यान्डका कप्तान किरण पौडेल, सन्दीप विक, दर्शन सुवेदी र रुनिजमणि बरालले १÷१ विकेट लिए ।
    प्रतिभाविरुद्ध पहिला ब्याटिङ गरेको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनाएको थियो ।

    मदरल्यान्डका लागि कप्तान किरण पौडेलले सर्वाधिक ३६ रन जोडे । साजन श्रेष्ठले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रतिभाका कुशल अधिकारीले ३, स्वागत अधिकारीले २ र सन्देश गिरीले १ विकेट लिए । प्रतिभाका स्वागत अधिकारी प्लेयर अफ द म्याच घोषित भए । दोस्रो सेमिफाइनलमा अंमरसिंहले गण्डकी बोर्डिङलाई २१ रनले पराजित गरेको हो । अंमरसिंहले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी बोर्डिङ १८ ओभरमा १०९ रनमा समेटियो ।
    गण्डकीले ३१ रन एक्सट्रा पाएपनि जितका लागि पर्याप्त हुन सकेन । गण्डकीका उत्सव खड्काले सर्वाधिक १६ रन जोडेका थिए । बलिङमा अमरसिंहका सुमन पन्तले ३, प्रसन्न भण्डारी र कल्यान कुमालले २÷२ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको अमरसिंहले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । अमरसिंहका विवश रानाभाटले अविजित २८ रनको योगदान दिए । कल्यान कुमालले २७, सुमन पन्त २३ रन बनाएर आउट भए । बलिङमा गण्डकी बोर्डिङका रजत पौडेलले ३, समिर पौडेल र भुमिराज पौडेलले २÷२, सन्देश अधिकारी र उत्सव खड्काले १÷१ विकेट लिए । अंमरसिंहका सुमन पन्त प्लेयर अफ द म्याच घोषित भए ।

    प्रतियोगिताको उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
    उपविजेतालाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । छक्का आएको बल क्याच गर्ने दर्शकलाई समेत प्रत्येक क्याचको एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.