• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, असार ०६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

"पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन १४, २०८०  

  • पोखरा

    पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् ।
    आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन् ।
    पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो । मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य पछ्याएको बालमन्दिरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र एक सय रन मात्र बनाउन सक्यो ।
    बालमन्दिरका सुन्दर मगर २३ र सुमन अधिकारीले २१ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । बलिङमा मदरल्यान्डका अर्पित पौडेलले २ विकेट लिए
    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मदरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।
    मदरल्यान्डका दशरथ सुवेदीले सर्वाधिक २६ रन जोडे । सन्दीप विकले २२ र किरण पौडेलले १८ रनको योगदान दिए । बालमन्दिरका मदन ढुंगाना, आदित्य देवकोटा र सागर आचार्यले २–२ विकेट लिए । मदरल्यान्डका दशरथ सुवेदी प्लेयर अफ द म्याच घोषित भए ।
    आइतबार नै भएको दोस्रो खेलमा कास्की मोर्डनाइजले छोरेपाटन माविलाई ४७ रनले पराजित गरेको हो ।
    कास्की मोर्डनाइजले दिएको ११४ रनको लक्ष्य पछ्याएको छोरेपाटन मावि १३ ओभर ३ बलमा ६६ रनमा समेटिएको हो । छोरेपाटनलाई सस्तोमा समेट्न कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवरले सर्वाधिक ४ विकेट लिए । नर्मत सुवेदीले ३ विकेट लिए । ब्याटिङमा छोरेपाटनका तिलोचन सुवेदीले सर्वाधिक १६ रन बनाए । अन्य ब्याटरले क्रिजमा टिकेर खेल्न सकेनन् ।
    यसअघि पहिला ब्याटिङ गरेको कास्की मोडनाइजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । कास्की मोडनाइजका लागि कप्तान सोहिल कुँवरले ६८ र मन्जित थापाले १४ रन जोडेका थिए ।
    बलिङमा छोरेपाटनका प्रसान्त भण्डारीले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । कास्की मोर्डनाइजका कप्तान सोहिल कुँवर प्लेयर अफ द म्याच चुनिए ।

    बि बग ईभेन्ट्सको आयोजनामा तथा एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा कास्कीका १२ विद्यालय सहभागी छन् ।
    उपाधि प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.