• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० फाल्गुन १४ सोमबार तपाइको आजको राशिफल

"२०८० फाल्गुन १४ सोमबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / सोमबार, फागुन १४, २०८०  

  • मेष- धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। समयमा होश नपुग्‍नाले केही चुनौती झेल्नुपर्ला। आगो र हातहतियारबाट एकदमै सावधान रहनु होला। आज तपाईंको कुरा काट्नेहरू सक्रिय रहने छन्। पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। साथै, आर्थिक संकट पनि होला विचार पुर्‍याउनु होला।

     

    वृष- तपाईंले गरेको कामको कदर भई प्रतिष्‍ठा बढ्ने छ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ। जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ। कसैबाट अपमानित पनि भइएला। कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।

    मिथुन- प्राविधिक काममा सफलता प्राप्त हुने छ। आत्मविश्‍वास जाग्‍नेछ। वैदेशिक क्षेत्रको लगानी खेर जाने छैन। अल्झेको काम बन्‍नाले मनमा एक किसिमको उल्लास छाउला। पढाइमा भने खासै प्रगति हुने छैन। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ। आफन्तसँग भेटघाट होला।

    कर्कट- रोकिएका घरेलु कामकाज विस्तारै बन्‍नेछन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। कुरा काट्नेहरूको मुख बन्द हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला।

    सिंह- केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। मनमा पीडाले डेरा जमाउने छ। शरीरमा रोग लाग्‍न सक्छ। स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना छ। चोटपटकको भय पनि छ।

    कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ। धनजनको वृद्धि होला। महत्त्वपूर्ण काम धेरै बन्‍नेछन्। लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरू पाइएलान्। मनमा शान्ति छाउनेछ। परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ। संगीतमा मन जाला।

    तुला- ऋण सापटी लेनदेनका लागि आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ। व्यापार, कृषि तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ। आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्‍जनमा दिन बित्‍नेछ। मिष्‍ठान्‍न भोजनको योग छ।

    वृश्‍चिक- व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटधाटले मन हर्षित हुने दिन छ। पराक्रम बढ्ला। व्यापारमा पनि सुधार आउनेछ। यात्राको क्रममा लाभ मिल्नेछ। सन्तानबाट पनि सुख पाइनेछ। मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर आउला। दिन सामान्य नै छ।

    धनु- स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। स्वास्थ्यमा अचानक गडबडीको संकेत छ। आर्थिक हानी हुन सक्छ। धेरै श्रम गरे पनि कामको कम मूल्यांकन हुनेछ। भएको आम्दानी र सञ्‍चित रकम पनि खर्च गर्नुपर्ला।

    मकर- परिश्रमअनुसार उपलब्धी राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। दिन मध्यम खालको छ। पढाइमा सफलता पाउने, आफन्तहरूको सहयोग र बौद्धिक उन्‍नतिले काममा सफलता मिल्ने योग छ। खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काट्नेहरू बढ्ने छन्, सावधान रहनु होला।

    कुम्भ- आम्दानीमा कमी आउने छैन। तर, निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ। तथापि, आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट पनि सरसहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ।

    मीन- विपरित लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। अनौठो खबर सुन्‍न पाइएला। नयाँ र थालेका कामहरू सहजै बन्‍न सक्ने दिन छ। मन लाग्‍नाले चिताएको काम सहजै बन्ला। आर्थिक लगानी बढाउन अनुकूल समय छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.