सुर्खेतमा तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि शनिवार बेलुका ९ बजे वीरेन्द्रनगरका कालागाउ देउती थान नजिकै सदस्य गिरीमाथि गोली प्रहार भएको हाे । उक्त तरुण दलका जिल्ला सदस्य गिरीलाई गोली नलागेर उनी चढेको गाडीमा लागेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिएका छन् ।
अध्यक्ष विष्टले सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलद्वारा परिचालित गुण्डाहरू रहेको आरोप लगाएका छन् । उनका अनुसार गाडीको सिसामा गोली लागेको बताएका छन् । प्रहरीले एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन् ।








