थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिकाको खोजी तीव्र जारी गरिएको छ । २६ दिनकी बालिका चोरीमा संलग्न आरोपीको हुलिया थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले बताएका छन् ।
अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरिन् । सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । चोरीमा संलग्न आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।







