११ फागुन
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुग्नु भएको छ । उहाले आज ७३औँ जन्मदिन मनाउँदैहुनुहुन्छ।
७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देश जारी गर्दै यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गर्नु भएको छ ।
उहाले कसैलाई पनि केक बोकेर नआउन आग्रह गर्नु भएको छ । यसअघि जन्मघर तेह्रथुम पुगेर नेपालको नक्सासहितको केक काट्नु भएका ओलीले यस वर्ष भने जन्मदिन धेरै धुमधामसँग नमनाउने बताउनु भएको छ ।
उहाले आफूलाई शुभकामना दिन सक्ने तर केक नल्याउन शुभेच्छुकलाई आग्रह गर्नु भएको छ । विक्रम सम्बत् २००७ साल फागुन ११ गते तेह्रथुमको आठराईमा जन्मिएका ओली नेकपा एमालेका अध्यक्ष हुन्। उहा तीन पटक सम्म प्रधानमन्त्री भैसक्नु भएको छ ।







