कति निरस जस्तो
अलि खल्लो खल्लो
साहित्य महोत्सव
यसपालि पोखरा फेस्टिवल
कोहि छुटे जस्तो
केही नपुगे जस्तो
कतै बढी भएजस्तो
खै अलि कस्तो कस्तो
साहित्य सम्राट बिनाको महोत्सव
अलौकिक स्रष्टा नै अनुपस्थित
कहाँ थिए?साहित्य राष्ट्र नायक
लेखक सम्राट,कविता सम्राटहरु खै?
दर्जनौ पुस्तक प्रकाशित लेखक
विभिन्न मेडल र तक्मा धारी श्रष्टा
न त देखियो सर्मिला वाइबाहरु
न त देखियो भेलु बाजेहरु
थैट!यस्तोपनी लिट्रेचर फेस्टिवल?
२०८०/११/०८पोखरा।