६ फाल्गुन २०८०, पोखरा ।
गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराले बेलायतदेखी नेपाल आएका व्यक्तित्वहरुलाई पोखरा न्युरोड स्थित गोर्खा बराहको भवनमा रहेको रेडियोको कार्यालयमा आज स्वागत तथा सम्मान गरेका छन ।
कर्मभूमी बेलायतदेखि जन्मभूमि नेपाल आएको मौकामा तमु धिं यूकेका संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष एवं एससिसि सदस्य डिल राज गुरुङ र उहाँको धर्मपत्नी शोभा गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष ले. कुसाङ गुरुङ र उहाँको धर्मपत्नी पञ्च गुरुङ, कोल्मा बहाकोट यूकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ र उहाँको धर्मपत्नी शान्ति गुरुङ र तमु धिं युकेका संस्थापक सदस्य एवं कालिका माध्यमिक विधालय पोखरा-१० रामबजारका पूर्व प्र.अ. महेश गुरुङलाई गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराले एक भेटघाट कार्यक्रम बीच स्वागत तथा सम्मान गरेका हुन ।
गोर्खाली रेडियो पोखराका अध्यक्ष सु.मे श्रीप्रसाद गुरुङको अध्यक्षतामा गरिएको उक्त स्वागत तथा सम्मान कार्यक्रमलाई उपाध्यक्ष क्या. हितमान गुरुङले स्वागत र सचिव चन्द्रा गुरुङले सञ्चालन गरेकी थिइन् भने रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङले रेडियो स्थापनादेखि हालसम्मको अवस्था बारे संक्षिप्त परिचय दिएकी थिइन् ।
यसैबीच गोर्खाली रेडियोका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक साथै गोर्खाली अभियान्त मेजर लक्ष्मीप्रसाद गुरुङले गोर्खाजहरुले रिटायर पछिको समयलाई स्वदेशमा गरेको लगानी र समाज समुदायमा पुर्याएको योगदानको बारेमा चर्चा गरेको थियो ।
यसैगरी आजका सम्मानित व्यक्तित्वहरुबाट अवकाश पछिको समयलाई समय सापेक्षित सहकारी र सञ्चारमा खर्चेको लगानी र पुर्याएको योगदानको उच्च कदर गर्दै आवश्यक परेमा आफुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







