• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

असन्तुष्ट पक्षले अवैधानिक कार्यसमितिलाई तत्काल खारेज गरि २४घन्टाभित्र प्रकृया अगाडि बडाएर लैजान भन्दै उम्मेदवारहरुको असन्तुष्टि


  •    अजय क्षेत्री / आइतबार, फागुन ०६, २०८०  

  • तमु धीं जापानको २० औं अधिवेशन र नयाँ कार्यसमिति चयनको विषयलाई लिएर केहि पुर्वपदाधिकारी एवम उम्मदेवारहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

    अधिवेशनमा कोषाध्यक्ष पदका उम्मेदवार लिल तमुले विज्ञप्ती प्रकाशित गर्दै संस्थाको संगठानिक प्रतिवेदन र लेखा सम्बन्धि अभिलेख अधिवेशनको बन्दसत्रमा समेत प्रस्तुत नगरि गैरजिम्मेवार र अवैधानिक काम रहेको भन्दै पुनः विधिसबंत निर्वाचनको माग राखेका हुन् । “संस्थाको हित विपरित संस्थालाई अनिर्णयको बन्दी बनाउने, अधिवेशनको मर्मलाई अमर्यादित तरिकाले मानोमानी ढंगले निर्वाचन मण्डलका कथित संयोजकले एकलौटी हस्तक्षेपकारी ढंगले बन्दसत्रलाई अगाडी बढाएर कुनै पनि आचारसंहिता पनि नबनाई विभिन्न पदहरूमा परेको उम्मेदवारहरू माथि केही सुनुवाई नगरी आयोजक समितिका संयोजक निवर्तमान अध्यक्ष रमेश कुमार तमुले आफ्नो खल्तीबाट रेडिमेट कार्यसमितिको नामावाली कथित निर्वाचन समितिलाई बुझाएर नाटकिय तरिकाबाट हिमाली तमु अध्यक्ष सहितको नयाँ कार्यसमिति गठन गरेको प्रति हाम्रो गम्भिर आपत्ती छ” विज्ञप्तीमा भनिएको छ ।

    अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहेका जिवन तमु, संस्थाका पुर्व महासचिव तथा निर्वमान उपाध्यक्ष चित्र तम, निवर्तमान महासचिव खेम तमु, निवर्तमान सहकोषाध्यक्ष टम प्रसाद तमु, युवराज तमु, मोती तमु, महेन्द्र तमु, चन्द्र तमु, प्रकाश कोके तमु, सिता तमु, सुजन तमु, प्रिती घोताने तमु लगायतको समर्थनमा प्रेसित विज्ञप्तीमा “समाजको नेतृत्व चयन गर्ने जस्तो गम्भिर कुरामा पनि केहि व्यक्तिले कुनै निजि कम्पनिको निर्देशक छनोट गरे जस्तो नयाँ कार्यसमिति गठंन गरिएको यो प्रकया अवैधानिक अलोकतान्त्रिक छ । साथै यस्ता प्रवृत्तिले तमु समुदयको संस्कार संस्कृति, हक–अधिकार, उत्थान , सुख–दुःखमा साथ सहयोग, कला–संस्कृतिक , भेषभुषा , आफ्नो पहिचानका कुनै पनि कुरा गर्न नसक्ने ठहर गरेका छौँ ।“ लेखिएको छ । अधिवेशन संस्थाको विधि, विधान र नीतिनियम विपरीत गई सबै जापानवासी तमुहरुलाई समेट्न नसकेको र केहि मुठ्ठीभरका व्यक्तिहरुले संस्था कब्जा गरेकाले साथै निर्वाचन समिति पनि गैर जिम्मेवार भएकोले अबको दिनमा तमु धीं जापानले तमाम् तमुहितको लागि कुनै पनि काम गर्न नसक्ने कुरामा प्रष्ट हुदै सम्पुर्ण जापानवासी तमुहरुलाई प्रष्ट्र हुन अनुरोध समेत गरेका छन् ।

    असन्तुष्ट पक्षले अवैधानिक कार्यसमितिलाई तत्काल खारेज गरि अर्को निर्वाचन समिति गठन गरी २४ घण्टाभित्र प्रकृया अगाडी बढाउन हामी जोडदार माग गरेको छ । “संस्थालाई विधि विधान अनुरुप चलाउने प्रयासलाई असफल बनाई दिएको समय सिमाभित्र प्रकृया अगाडी नबढाए बाध्य भएर जापानमा बृहत तमुहरूको भेला गर्नुको कुनैं विकल्प नरहने कुरा यसै विज्ञप्ती मार्फत अवगत गराउदछौँ ।” विज्ञप्तीमा भनिएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.