• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सोंथर बेँसी टारी बजार मेला २०८० सम्पन्न

"फुटबल तर्फ पाखुरीकोट एफसी विजयी, गोरु जुधाईमा सोंथर बेँसीका पदम बहादुर विकको गोरु प्रथम । "

  •    अजय क्षेत्री / शनिबार, फागुन ०५, २०८०  

  • कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसीमा दोस्रो सस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेला विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।बसोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले फाल्गुन १ र २ गते मेला गरेको थियो ।

    ‘उत्साहजनक दर्शकहरुको सहभागिता विच सबैको साथ र सहयोगमा मेला भब्य रुपमा सम्पन्न भयो ।’ मेला आयोजक समितिका अध्यक्ष एवम् मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताउनुभयो । मेलाको औपचारिक समुदघाटन गन्डकी प्रदेश सांसद माननीय सरस्वती गुरुङ्ले सामाजिक काममा लाग्न कुनै दल पार्टी भन्दा माथि उठेर निश्वार्थ भावनाले लाग्न र समाजका युवाहरुलाई उत्तरदाही बनउदैअगाडि बडन पनि आग्रह गर्नुभयो भने समापन संघिय सांसद माननीय शिब नेपाली ले गर्नुभयो।

    मेलामा राखिएको खुल्ला 5A साइड फुटबल प्रतियोगितामा ३० टीम सहभागी मध्ये कास्कीको मादी गाउँपालिका ८ स्थित पाखुरीकोट एफसीले बिजयी हुँदै नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने फाइनलमा ट्राइब्रेकरमा पराजित हुँदै लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ स्थित सिङ्दी एफसीले उपविजेतामा चित्त बुझाउदै नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

    त्यस्तै मेलामा पहिलो पटक राखिएको खुल्ला गोरु जुधाई प्रतियोगितामा सोंथर बेँसीका किसान पदम बहादुर बिकको गोरु प्रथम हुँदै नगद ६ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने किसान प्रदिप गिरीको गोरु दोस्रो हुँदै नगद ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गोरु जुधाई प्रतियोगितामा मादी ८ पाखुरीकोट, रबैडाँडा, सोंथर बेँसी, मादी १० लुम्दी , मादी ३ याङ्जाकोट का किसानहरु बाट गरी २० वटा गोरु सहभागी रहेको थियो । गोरु प्रदर्शन तथा जुधाईमा ल्याइएका सबै किसानहरुलाई प्रोत्साहनका लागी केहि रकम र प्रमाणपत्र दिइएको सचिव डील्लीराज गिरीले जानकारी दिनुभयो । त्यसैगरी कृषि उत्पादित वस्तुको रुपमा आलु, कफी, मुला, उखु साथै खसी बोका प्रदर्शन गरिनुका साथै प्रदर्शनमा ल्याइएका सबैलाई प्रोत्साहन रकम र प्रमाणपत्र वितरण गरिएको थियो । मेलामा राखिएको भाग्यशाली चिठ्ठाको प्रथम बिजेता मादी ८ नागीधारका प्रतिश गुरुङ , दृतिय बिजेता पोखरा ३० का पुर्ण बहादुर थापा र तृतिय बिजेता मादी १० भाचोकका दिर्गमान गुरुङ्ले क्रमश ३० केजीको खसी, २० केजीको बोका र ५ केजीको गिरिराज भाले प्राप्त गरेका थिए ।

    त्यसैगरी १० टीम सहभागी रहेको सामुहिक नृत्य प्रतियोगितामा लम्तरी युवा क्लब भाचोकको समुह प्रथम र नागीधार सिर्जनशिल युवा क्लबको समुह दृतिय भएको थियो । नृत्य प्रतियोगिताको निर्णयकहरुमा नृत्य निर्देशक तथा कोरियो ग्राफर लब्सन गुरुङ, नेत्र गुरुङ र अमन गुरुङ रहनुभएको थियो ।
    त्यस्तै रसी तान्ने प्रतियोगिता पुरुस तर्फ सोंथर बेँसी समुह ‘ए’ प्रथम, सोंथर बेँसी समुह ‘ए’ दृतिय हुँदै क्रमश ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला तर्फ प्रभात आवि प्रथम र लम्तरी युवा क्लब भाचोकको समुह दृतिय हुँदै क्रमश ६ हजार र ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
    शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागी ‘सोंथर बेँसी लम्तरी पर्यटन प्रवर्धन’ विसयमा राखिएको वक्तित्वकला प्रतियोगितामा जनमन्दिर आवि थुम्सीकोटका विधार्थी निति रानाभाट कक्षा ८ प्रथम, सेवामिलन आवि भाचोकका विधार्थी अमित क्षेत्री कक्षा ७ दृतिय र जनकल्याण मावि मकैंखोलाका विधार्थी सुरुची गुरुङ कक्षा ८ तृतिय भएको थियो भने कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी राखिएको पढाइ प्रतियोगितामा जनमन्दिर आवि थुम्सीकोटका विधार्थी अङ्कित रानाभाट प्रथम, सेवामिलन आवि भाचोकका विधार्थी शिशिर लामिछाने दृतिय र नारायण आवि रबैडाँडाका विधार्थी सोनिका बिक तृतिय भएको थियो । उक्त प्रतियोगिताको निर्णयकहरुमा सेवामिलन आवि भाचोकका पुर्व प्र. अ. तिर्थराज सुवेदी, हिमालय मावि गोर्जेका शिक्षक अमृत ढकाल र शिक्षा प्रेमी तेजबहादुर गुरुङ रहनुभएको थियो ।

    मेलामा रास्ट्रीय तथा स्थानीय कलाकारहरु चोलेन्द्र पौडेल, अ्मर धिताल, उषा गुरुङ, सावित्री शाही, एलिना गुरुङ, तारा शाही, लाल बहादुर गुरुङ, इन्द्र प्रसाद सुवेदी, खिमलाल अधिकारी लगायतको बेजोड गायन तथा दोहोरी समेत प्रस्तुत गरिएको थियो भने नागीधार र भाचोक गाउँको कृस्न चलित्र र घाँटु नाच समेत प्रस्तुत गरिएको थियो ।

    मेलालाई सफल पार्न मादी गाउँपालिकाको कार्यालय साथै विभिन्न संघ संस्थाहरुले सहयोग गर्नुभएको थियो भने स्थानीय गाउँका देश विदेशमा रहनुहुने गाउँबासीहरुले आर्थिक सहयोग समेत गर्नुभएको थियो ।

    सोंथर बेँसी मेला तथा त्यस क्षेत्रको कृषि तथा पर्यटन प्रवर्धनका लागी कृषि ज्ञान केन्द्र कास्की, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्की, गन्डकी प्रदेशका कृषि तथा पर्यटन मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड, टान, एक्याप, स्थानीय वडा कार्यालयहरु लगायत संग आयोजकले सहकार्य समेत गरेको थियो ।

    त्यस्तै मेलालाई सफल पार्न गाउँ र पोखरामा समेत अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु समेत सम्पन्न गरिएको थियो ।

    ‘३५ वर्स अघि त्यस भेककै निकै प्रख्यात रुपमा रहेको सोंथर बेँसी मेला विविध कारण स्थगित भएपछि पुन थप परिस्कृत गर्दै शुरुवात गर्दा स्थानीयमा छुट्टै खुसी र उत्साह छ, ‘ सोंथर बेँसी विकास समितिका उपाध्यक्ष आस बहादुर गुरुङ्ले बताउनुभयो ।

    सोंथर बेँसी तथा त्यस आसपास क्षेत्र लाई कृषि र पर्यटनका रुपमा अगाडी बढाउने उदेश्यले सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइ सोहि अनुसार समिति अगाडि बढिरहेको गुरुङ्ले बताउनुभयो ।

    सोंथर बेँसी बाट भाचोक गाउँ हुँदै लम्तरी, सबुपोखरी जस्ता धार्मिक तथा एतिहासिक ठाउँहरु भएर २ दिनको ट्रेकमा क्रपुडाँडा पुग्न सकिनेछ । क्रपुडाँडा बाट गुरुङ समुदायको उदगम स्थल क्व्होंलासोंथर साथै पवित्र धार्मिक तिर्थस्थल समेत पुग्न सकिनेछ ।
    त्यस्तै भाचोक सोंथर बेँसी हुँदै नागीधार रबैडाँडा पोसी गाउँ भएर लमजुङको ठुला गाउँहरु सिङ्दी पसगाउँ गिलुङ १ दिनमा हिडेर सजिलै पुग्न सकिनेछ भने सोंथर बेँसी बाट कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट समेत १ दिनको ट्रेकमा सजिलै पुगिनेछ ।
    सोंथर बेँसी मेला पुगेका अतिथि तथा खेलाडीहरुलाई खाना बस्नका लागी होटेल तथा गोठहरु समेत बनाइएको छ ।

    साथै सोंथर बेँसीमा हाल फार्महाउस र केहि होमस्टे समेत सन्चालनमा रहेका छन् ।
    फार्महाउसमा बसेर नजिकै बगेको वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर माछा मार्दै आनन्द लिन सकिनेछ । नजिकै टारी खेतमा गोठ समेत रहेकाले गोठमा बसेर खिर खाने जस्ता अनुभव लिन मिल्छ ।

    पोखरा २६ बिजयपुर बाट कालिका सौरे भगवतीटार थुम्सीकोट मकैखोला कयारे ढोडेनी लुम्दी गाउँ हुँदै ३० किमिमा बाइक, स्कुटर, स्कारपियो, जीप, सार्वजनिक बस लगायत सवारी साधनमा सोंथर बेँसी सजिलै पुगिनेछ । पोखरा १३ भद्रकाली बाट काहुँखोला , भैंसे, तारकाङ्बेशी, भगवतीटार, सैमराङ, वार्चोक, पुरानोभाचोक , भाचोक गाउँ हुँदै २८ किमिमा सजिलै पुगिन्छ । त्यस्तै पोखरा ३१ बेगनास बाट स्याङ्खुदी, सौरे , भगवतीटार , थुम्सीकोट ,मकैखोला हुँदै समेत पुगिन्छ । थुम्सीकोट बाट पैदल यात्रा गर्ने हो भने वार्दी खोलाको तिरैतिर हिडेर १ घन्टामा सोंथर बेँसी सजिलै पुग्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.