• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा विधेयक सैद्धान्तिक सहमति


  •    अभियान हाम्रो/ शुक्रबार, फागुन ०४, २०८०  

  • कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने प्रतिबद्धता जनाउनुभएको छ ।

    कर्णाली  प्रदेश कार्यालयको अगुवाइमा फागुन ४ गते आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहसमक्ष गएको अधिकारकर्मीको टोलीसमक्ष आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले उक्त प्रतिबद्धता जनाउनु भएको हो ।  ‘यो विधेयकले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ उहाँले भन्नुभयो, ‘सैद्धान्तिक सहमतिका लागि आजै स्वीकृति पत्र दिन लगाउछु।’

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा माघ २३ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार माघ २४ गते आर्थिक मामिला तथा योजना मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको थियो । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले उक्त विधेयक बनेपछि मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकको लागि उक्त विधेयक आवश्यक रहेको भन्दै सरकारले यस विषयमा चासो राख्नुपर्ने बताउनुभयो । मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि कानुन आवश्यक भएको सम्बन्धमा इन्सेकले लामो समयदेखि वकालत गर्दै आएको छ ।कर्णाली प्रदेश कार्यालय, सुर्खेतले यस अघि मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा नमूना विधेयक तयार गरी मुख्यमन्त्री, मन्त्री र कर्णाली प्रदेश सभामा पेश गरेको थियो ।

    मानव अधिकार रक्षकको प्रस्तावित विधेयकमा मानव अधिकार रक्षकको पहिचान, अभिलेख र अधिकार, मानव अधिकार रक्षकको कर्तव्य र सुरक्षा, मानव अधिकार परिषदको गठन, काम, कर्तव्य र अधिकार, मानव अधिकार रक्षक कोष लगायतका विषय समावेश भएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.