• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल


  •    राम्जी प्रसाद लम्साल / बुधबार, फागुन ०२, २०८०  

  • फागुन २ ,पोखरा

    जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ ।
    कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गर्नुभएको हो ।

    पौडेलले कास्कीका बिकास आयोजनाका सन्दर्भमा देखिएका समस्याको न्यूनीकरणमा ध्यान दिदै समस्या रहित आयोजना तथा कार्यालयहरू निर्माणका लागि नियमित कार्यतालिका अनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कमिकमजोरी नहुने गरि कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।
    सबै कार्यालयहरूले मसिनो कार्यतालिका निर्माण गरेर तोकिएको लक्ष्य पूरा गर्न ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पौडेलले भ्रष्टाचार र बेरुजु रहित सुसासनयुक्त जिल्ला निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

    प्रमुख पौडेलले परम्परागत बिकासका प्रक्रियामा मात्रै ध्यान दिदा कतिपय आयोजनाका काम अनुगमनका क्रममा अलपत्र र रुग्ण देखिएको उल्लेख गर्दै समयानुकूल बिकास र प्रक्रिया अबलम्बन हुनुपर्ने बताउनुभयो। उहाँले तत्काल अधुरा र समस्याग्रस्त रुग्ण आयोजनाका समस्या समाधानमा प्रयास केन्द्रीकृत गर्न आग्रह गर्दै समुन्नत कास्की निर्माणका लागि सबै क्षेत्रको एकीकृत प्रयास जरुरी भएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापति , गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धि बहादुर थापा , चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    दुइदिन सम्म चल्ने सो समिक्षा कार्यक्रममा बुधबार बिकास निर्माण र प्रशासनसंग सम्बन्धित कार्यालयहरूद्वारा आर्थिक बर्ष २०८०/८१ को छ महिनामा विकास निर्माण तथा सेवा प्रबाहमा सम्पादित कार्यहरूको विवरण सहित कार्यसम्पादनमा देखिएका समस्या र निराकरणका उपायहरू प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

    बुधबार संघीय आयोजना कार्यान्वयन इकाइ , नेपाल टेलिकम ,पूर्बाधार बिकास कार्यालय ,जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय ,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय ,मध्य पाहाडी लोकमार्ग आयोजना ,मुग्लिङ पोखरा सडक आयोजना पश्चिम खण्डले समिक्षा प्रस्तुत गरेका थिए।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बिहीवार कास्कीका पालिकाहरू सहित बाकी अन्य कार्यालयहरूको समिक्षा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.