• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छोरीसित प्रेमी आफ्नै घरमा संगै देखे पछि परिवारले प्रेमी खुकुरी प्रहार गरी हत्या

"छोरीसित प्रेमी आफ्नै घरमा संगै देखे पछि परिवारले प्रेमी खुकुरी प्रहार गरी हत्या "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, फागुन ०१, २०८०  

  • दोलखामा आफ्नो छोरीलाई आफ्नै घरमा प्रेमीसंगै देखे पछि केटी पक्षका परिवारले प्रेमीलाई खुकुरीले छप्काएर हत्या गरेका छन्। गत पुस ११ गते राति गाउँमा लागेको मेलाबाट फर्किदै गर्दा आफ्नै घरमा छोरीसँग उनका प्रेमी शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई देखे पछि केटी पक्षका परिवारले खुकुरीले छप्काएर हत्या गरेका हुन्।

    जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दिपक खड्काका अनुसार, गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए । गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो । विवादपछि किशोरीका ठुलोबुबाका छोरा बिशाल नेपाली पनि पुगेका थिए । त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

    वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेका थिए ।

    उक्त हत्याको अनुसन्धानमा रहेको प्रहरीले करीब डेढ महिना लगाएर गरेको बिस्तृत अनुसन्धान पछि भण्डारीको हत्या उनको प्रेमिकाको परिवारले गरेको निष्कर्ष निकालेको प्रहरीको दाबी छ। उक्त प्रहरी निष्कर्षसंगै प्रहरीले हत्या अभियोगमा शैलुङ गाउँपालिका—५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई पक्राउ गरेर आज सार्वजनिक समेत गरेको छ।

    उनीहरुलाई गत पुसमा शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।

    प्रेमीकाका बुबा शैलुङ गाउँपालिका–५ काटाकुटीका पुरस्कर नेपाली, नेपाल आर्मीमा कार्यरत किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली र स्थानीय इश्वर नेपाली हाल प्रहरीको नियन्त्रणमा छन् ।

    दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र सो हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको बताए ।

    उनीहरुले ७ कक्षामा अध्ययनरत १७ वर्षीया किशोरीको भण्डारीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती युवक र किशोरीको केही दिन अघि मात्रै गाउँघरकै मेलामा जाँदा भेटघाट र चिनजान भएको र त्यसपछि उनीहरु नजिकिएको तथ्य प्रहरीले पत्ता लगाएको छ।

    किशोरीका बुबा र दाजुसँगै साइलो भनिने इश्वर नेपाली पनि मदिरा सेवन गरी घर फर्किदा किशोरीसँग ती युवकलाई फेला पारेपछि खुकुरी प्रहार र कुटपिटगरी युवकको विभत्स हत्या गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.