काठमाडौँ, माघ २९ गते । नेपाल हक्की सङ्घ र नेपाल नेशनल हस्पिटलबीच खेलाडीहरुको उपचार सेवा सम्बन्धि सोमबार सम्झौता भएको छ । नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार अस्पतालले नेपाल हक्की सङ्घमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई उपचार सेवामा छुट दिनेछ ।सम्झौका कार्यक्रममा मेडिकल निर्देशक डा. पौडेलले खेलाडीहरुको उपचारका सम्बन्धमा अस्पताल सदैव साथमा रहने बताउँदै ढुक्क भएर खेलमा लाग्न आग्रह गर्नुभयो थियो । अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडीलाई दिने उपचार सेवामा जोडिनु पाउनु हाम्रो लागि खुशीको कुरा हो । खेलाडीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो प्रयास हो,’’ डा. पौडेलले भन्नुभएको थियो

सङ्घकी महासचिव श्रेष्ठले सम्झौताका लागि अस्पताललाई धन्यवाद दिदै खेलाडीले ढुक्क भएर खेल्ने वातावरण तयार भएको बताउनुभयो । खेल र ट्रेनिङका दौरानमा खेलाडी घाइते हुने अवस्था लाई मध्यनजर गर्दै । आर्थिक समस्याका कारण चिन्ता लिएर खेल्नुपर्ने अवस्था हुन्छ । अस्पताल उपचारका लागि अगाडि बढेकाले अब चिन्ता हटेको छ हामी ढुक्क भएका छौँ,’’ श्रेष्ठले भन्नुभयो । सम्झौता कार्यक्रममा सङ्घका सचिव अशिम शर्मालगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।









